कीवर्डहरू -

पपअप सेल्फी क्यामेरा सहित ‘पोको एफ २ प्रो’ स्मार्टफोन सार्वजनिक

पपअप सेल्फी क्यामेरा सहित ‘पोको एफ २ प्रो’ स्मार्टफोन सार्वजनिक

साओमीको सब ब्राण्ड पोकोले ‘पोको एफ २ प्रो’ स्मार्टफोन सार्वजनिक गरेको छ । पोको एफ २ दुईवटा स्टोरेज भेरियन्टमा सार्वजनिक भएको छ ।

एउटा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । जसको मूल्य ४९९ युरो रहेको छ । त्यसैगरी अर्को ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध रहेको छ । जसको मूल्य ५९९ युरो रहेको छ ।

६.६७ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यस फोनमा अगाडि पछाडि कर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ । यसमा क्वालकमको स्न्याड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको छ ।

क्वाड क्यामेरा रहेको यो फोनमा पछाडि ६४ मेगापिक्सेलको सोनिको मेन सेन्सर राखिएको छ । त्यस्तै २० मेगापिक्सेलको पपअप सेल्फी क्यामेरा रहेको छ ।

फास्ट चार्जिङको सुविधा सहित यस फोनमा ४७०० एमएएचको ब्याट्री रहेको छ । यो फोन एन्ड्रोइड १० अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

यो फोन फाइभ जी सपोर्टका साथ उपलब्ध छ । यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्टको  समेत सुविधा रहेको छ । यसमा लिक्वीड कुल प्रविधि प्रयोग गरिएको छ । जसले गेम खेलिरहेको बेला चिसो बनाउन सहयोग गर्छ ।