कीवर्डहरू -

लकडाउनमा निःशूल्क कोर्ष चाहियो ? यसो गर्नुहोस् 

लकडाउनमा निःशूल्क कोर्ष चाहियो ? यसो गर्नुहोस् 

विश्वमा यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसको कारणले सबैजना घरमै बसिरहेको समयमा विश्वका विभिन्न कम्पनीहरुले निशूल्क कोर्ष प्रदान गरिरहेका छन् । यी निशूल्क कोर्ष अध्ययन गरेर ज्ञानका साथसाथै सर्टिफिकेट पनि पाउन सकिने छ ।

कोरोनाको कारण कोर्सेरा, फ्युचर लर्न, युडासिटी, स्कील शेयर, युडेमी, ग्रेट लर्निङ, अपग्रेड, बिट डिग्री, गूगल, आइबीएम, ओराकल, मोज एकेडेमी, प्रोडक्ट स्कुल, प्रोजेक्ट म्यानेजमेन्ट लगायतका कम्पनीहरुले विविध कोर्षहरु निशूल्क उपलब्ध गराएका छन् ।

अन्य समयमा पैसा तिरेर पढ्नु पर्ने कोर्षहरु कोरोनाका कारण सिमित समयका लागि निशूल्क उपलब्ध भएका छन् । निशूल्क कोर्षहरुको जानकारी ‘क्लास सेन्ट्रल’ नामक वेबसाइटबाट प्राप्त गर्न सकिने छ । जसमार्फत कोर्षमा पहुँच राख्न समेत सकिने छ ।

क्लास सेन्ट्रल वेबसाइटमा कोरोनाका कारण निःशूल्क उपलब्ध भएका कोर्षहरु एकीकृत गरी राखिएको छ । जसमा प्रोग्रामिङ, व्यक्तित्व विकास, साइकोलोजी, भाषा, स्वास्थ्य, लिडरसीप, डेटा साइन्स, म्यानेजमेन्ट, डिजाइन, साइबर सेक्युरिटी, ब्लकचेन लगायतका विभिन्न कोर्षहरु रहेका छन् ।

निःशूल्क उपलब्ध कोर्षमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।