कीवर्डहरू -

एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, १९१ रुपैयाँमा १६ जीबी डेटा पाइने

एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’, १९१ रुपैयाँमा १६ जीबी डेटा पाइने

त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलले ‘मोबाइल क्लास डेटा प्याक’ ल्याएको छ । लकडाउनको कारण अनलाइन कक्षाको प्रयोग बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलले बुधबारबाट ‘मोबाइल क्लास डेटा प्याक’ ल्याएको हो ।

यस प्याकमा विद्यार्थिहरुले करसहित १९१.५४ रुपैयाँमा १६ जीबी डेटा पाउने छन् । जसमा ४ जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटा रहेको छ । त्यस्तै १० जीबी डेटा माइक्रोसफ्ट टिम्स प्रयोगको लागि उपलब्ध रहेको छ ।

माइक्रोसफ्ट टिम्सबाट शिक्षकसँग अनलाइन शिक्षा  लिन वा आफ्ना साथिहरुसँग समूहमा बसी अध्ययन गर्न सकिने एनसेलले जनाएको छ ।

विद्यार्थीहरुले अलटाइम डेटा कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी २ जीबी भिडियो डेटा युट्युब, आइफ्लिक्स र अन्य गूगल सेवाहरुको लागि प्रयोग गर्न सकिनेछ ।

मोबाइल क्लास डेटा प्याक ७ दिनसम्म मात्र मान्य हुनेछ । यो प्याक सुचारु गर्न *१७१२३*२०# डायल गर्न सकिने छ । भने ‘edu’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने छ ।