कीवर्डहरू -

फाइभजी सञ्जालले कसरी काम गर्छ ?

फाइभजी सञ्जाल, ओपो फाइभजी सीपीई ओम्निी र फाइन्ड एक्सटू सिरिज संक्षिप्त जानकारी

फाइभजी सञ्जालले कसरी काम गर्छ ?

हामी निकै प्रतिक्षारत फाइभजी यूगमा प्रवेश गर्दै छौँ । यही क्रममा अब भविष्यमा आउने उपकरणहरु फाइभजीका लागि विशेष ध्यानमा राखि विकसित गरिने निश्चित प्रायः छ ।

विभिन्न मोबाइल निर्माताहरु आफ्ना फाइभजी फोन सेवा योजनालाई ध्यानमा राखि नीतिगतरुपमै फोनका मोडलहरु निर्माण समेत गर्न थालिसकेका छन् ।

तीन प्रकारका रेडियो सिग्नलको प्रयोग मार्फत फाइभजी उत्पादनमा सेवा उपलब्ध गराइन्छ । फाइभजी फ्रिक्वेन्सी ब्याण्ड्स लो, मिड र हाई गरी  तीन प्रकारका हुन्छन् । तीनका आ आफ्नै विशेषताहरु रहेका छन् ।

मोबाइल कन्ट्रयाक्ट योजनाका लागि क्यारियरको खोजीमा हुनु हुन्छ भने हरेक ब्याण्डका विशेषता तथा कमजोरीका बारेमा जान्नु आवश्यक छ ।

लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ ।

तीनै प्रकारका ब्याण्डको सम्मिश्रण मार्फत विस्तृत सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल क्यारियर्सले अहिले लो ब्याण्ड, मिड ब्याण्ड र हाइ ब्याण्डको सम्मिश्रण उपलब्ध गराउँदै आइरहेका छन् ।

लो ब्याण्ड

लो ब्याण्ड फाइभजीले कम गति क्षमताका साथ धेरै क्षेत्रफल ओगट्ने क्षमता राख्छन् । एउटा लो ब्याण्ड टावरले सयौँ स्क्यावर माइल्समा ३० देखि २५० एमबीपीएसको गति क्षमताका साथ सेवा प्रदान गर्न सक्छ ।

लो ब्याण्ड फाइभजीको प्रयोग विशेषगरी समग्र राष्ट्रमा सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिन्छ । यसको सहायताले विकट स्थानमा समेत कम गतिका भएपनि फाइभजी लो ब्याण्ड नेटवर्क गति प्रदान गर्न सकिन्छ । स्वभाविक रुपमा यसको गति हाल विद्यमान औशत फोरजी नेटवर्कका तुलनमा तिब्र नै हुने बताइन्छ ।

मिड ब्याण्ड

मिड ब्याण्ड फाइभजीले मध्यम कभरेजका साथमा लो ब्याण्ड फाइभजीका तुलनामा अझ तिब्र गति प्रदान गर्ने क्षमता राख्छ । मिड ब्याण्ड टावर्सले केही माइल रेडियस भित्र १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्रदान गर्न सक्छ ।

मिड ब्याण्ड फाएभजी  भने हाल प्रयोग हुँदै आइरहेको फोरजी झैँ देशभरका प्रमुख महानगरहरुमा प्रयोगकता लागि उपयुक्त हुन्छ । जनघनत्व अत्यधिक रहेका स्थानका केही सेवा प्रदायकले भने राष्ट्रब्यापी रुपमै मिड ब्याण्ड फाइभजी कभरेज उपलब्ध गराउने प्रयास गर्न सक्छन् । यसो भएमा देशब्यापी जनताले १०० देखि ९०० एमबीपीएसको गतिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

\"\"

हाई ब्याण्ड

हाई ब्याण्ड फाइभजी १ देखि ३ जीबीपीएस सम्मको गति लिन सक्ने क्षमताका हुन्छन् । तर, हरेक हाई ब्याण्ड टावरले करिव १ माइल रेडियस सम्म मात्र सेवा प्रदान गर्ने क्षमता राख्छन् ।

हाई ब्याण्ड फाइभजीको प्रयोग भने विशेषगरी अत्यधिक जनघनत्व भएका शहरी क्षेत्रमा रहेका सम्मेलन केन्द्र तथा रंगशाला (स्टेडियम)हरुमा गर्न उपयुक्त हुन्छ । विभिन्न परिक्षणहरुमा उच्च ब्याण्ड गति ३जीबीपीएस सम्म पुगेका उदाहरणहरु रहेका छन् ।

यो भनेको औषत फोरजी कनेक्सनका तुलनमा करिव ८० गुना तिब्र हो । अझ भविष्यमा हुँदै जाने विकासले यो नम्बर अझ बढ्ने निश्चित छ ।