कीवर्डहरू -

ओपो फाइन्ड एक्स टू सिरिज र फाइभजी सीपीई ओम्नि

ओपो फाइन्ड एक्स टू सिरिज र फाइभजी सीपीई ओम्नि

ओपो फाइन्ड एक्स टू सिरिजको विकास अहिले तिब्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्यानमा राख्दै उपभोक्तालाई सटिक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको छ । फाइन्ड एक्सटू र फाइन्ड एक्सटू प्रोमा फाइभजी सेवा समाहित गरिएको छ ।

कम्पनीले भरखरै सार्वजनिक गरेको ओपो फाइभजी सीपीई ओम्निले फाइजी सिग्नललाई वाईफाई सिक्स सिग्नलमा परिणत गर्नका लागि फाइभजी सिमकार्डको प्रयोग गर्छ ।

\"\"

यसको माध्यमबाट हरेक किसिमका उपकरणमा स्थिर हाई स्पिड नेटवर्क प्रदान गर्न सकिन्छ । ओपो फाइभजी सीपीई ओम्नीमा फाइभजी सिग्नल प्राप्तिका लागि ८ ओटा ब्यूल्टईन एन्टेनाका साथमा ओ मोसन ३६० डिग्री फाइभजी एन्टेनापनि उपलब्ध गरिएको छ ।

फाइभजी कनेक्टिभिटीको नयाँ यूगमा घर तथा अफिस जहाँपनि प्रयोगका लागि यो उपयुक्त छ ।