कीवर्डहरू -

बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेसिन निःशूल्क मर्मत गर्दै आविस्कार केन्द्र

बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेसिन निःशूल्क मर्मत गर्दै आविस्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्रले बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेसिन निःशूल्क मर्मत गर्ने भएको छ । कोरोना महामारीको समयमा केन्द्रले मिर्गोला डायलाईसिस गर्ने संस्थाहरु र अस्पताहरुको बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेशिन निःशूल्क मर्मत गर्ने भएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रले अहिलेसम्म नेपाल आर्मी अस्पतालको १२ वटा बिग्रेका डायलाइसिस मेसिनहरु मर्मत गरिसकेको छ । आविस्कार केन्द्रका ईन्जिनियर जोसेफ श्रेष्ठको अगुवाईमा र नेपाल बायोमेडिकल ईन्जिनियर एशोशिएसनको स्वयंसेवक बायो मेडिकल इन्जिनियरहरुको सहयोगमा बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेशिनको निःशूल्क मर्मत कार्य भइरहेको छ ।

बिग्रेका मिर्गोला डायलाईसिस गर्ने मेशिन निःशूल्क मर्मतको लागि राष्ट्रिय आविस्कार केन्द्रमा सम्पर्क गर्न सकिने छ । साथै राष्ट्रिय आविस्कार केन्द्र अहिलेसम्म विभिन्न अस्पतालका ४० वटा बिग्रेका भेन्टिलेटर समेत मर्मत गर्न सफल भएको छ ।