कीवर्डहरू -

नयाँ व्यसाय सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने

नयाँ व्यसाय सुरु गर्ने युवाहरुलाई सरकारले  सुरुवाती पुजी उपलब्ध गराउने

नयाँ व्यसाय वा उद्यम सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशील युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने बताएकी हुन् ।

भण्डारीका अनुसार सरकारले नवप्रवर्तनकारी युवा, अन्य उद्यमी र विदेशबाट फर्किएका अनुभवि तथा उद्यमशील युवाहरुलाई उद्यम व्यवसाय सुरु गर्न सुरुवाती पुजी उपलब्ध गराउने छ ।