हरेक शनिवार अनलाइन वेबिनारको रुपमा सञ्चालन हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज डिजिटल पेमेन्टको विशेषता र यसको भविश्वयको बारेमा छलफल हुदैछ । दिउसो १ बजेदेखि सञ्चालन हुने अनलाइन कार्यक्रममा डिजिटल पेमेन्ट क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिजिटल पेमेन्ट विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, आइएमइ ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल, राष्ट्रिय वाणिज्य बैंकका डिप्युटी सिइयो कविराज अधिकारी रिसोर्स पर्सनको रुपमा रहनु भएको छ । यसैगरी कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका सिइयो निलेश मान सिंह प्रधान र एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको सहभागिता रहने छ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका पुर्व सिओओ तथा आइटी प्रमुख शुरेश कर्णले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी आज आयोजना हुने अन्तकृयामा प्रभु बैंकको आइटी प्रमुख रत्नतारा वैद्यको पनि सहभागिता रहनेछ । कार्यक्रमको सेसन अध्यक्षता पुर्वमन्त्री गणेश शाहले गर्नुहुनेछ ।
आज दिउसो १ बजेदेखि सञ्चालन हुने अनलाइन कार्यक्रममा डिजिटल पेमेन्ट क्षेत्रका विज्ञहरुको सहभागिता रहनेछ ।
कारोनाको संकटसँगै अहिले नेपालीहरुमाझ डिजिटल पेमेन्ट सेवा प्रभावकारी भइरहेको छ । नेपालमा डिजिटल पेमेन्टको सुरुवात भएको २० वर्ष भइसकेको छ । तर, केहि वर्षदेखिमात्र यसको प्रयोग सबैक्षेत्रमा बढिरहेको छ । सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको सुरुवात भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले इ बैंकिङको सुरुवात गरेको थियो । अहिले नेपालमा १३ वटा पिएसपी सेवाहरु छन भने ९ वटा पिएसओ सेवाहरु सञ्चालनमा छन । सबै किसिमका डिजिटल पेमेन्ट प्रयोगकर्ता १ करोड बढि रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
सरकारले हिजो शुक्रवार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै २ वर्षमा सबै सरकारी कारोबार क्यासलेस गर्ने बताएको छ । यसको लागि के कस्ता योजना र कार्यक्रमहरु छन भन्ने विषयमा आजको अनलाइन फोरममा वृहतरुपमा छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रम दिउसो १ बजेदेखि लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ भने जुम एकाउन्ट प्रयोग गरी प्रत्यक्ष सहभागी हुन सकिन्छ । यसको लागि Zoom - https://nren.zoom.us/j/69007897022 लिंक क्लिक गरेर Meeting ID: 690 0789 7022 प्रयोग गर्न सकिन्छ ।
Program Details:
Topic: Digital Samvad - Digital Payment Features and Future in Nepal
Date: May 16, 2020 (Jestha 03, 2077), Saturday
Time: 13:00 - 15:00 PM (NPT), Zoom Rooms opens 12:45 PM onwards
Venue: Online @ Zoom - https://nren.zoom.us/j/69007897022
Meeting ID: 690 0789 7022
गत हप्ताको डिजिटल संवाद हेर्नुहोस :