कीवर्डहरू -

नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको शाओमीको दाबी

नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको शाओमीको दाबी

शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ ।

सन् २०१८ अक्टुबरदेखि संचालनमा आएको यस ब्राण्डले नेपालको स्मार्टफोन बजारमा पहिलो पटक नेतृत्व गरेको हो।

शाआमी सन् २०२० को पहिलो त्रैमासिकमा नेपालका लागि स्मार्टफोन नेतृत्वमा उकालो लागेको छ भने सामसुङ्ग र भिभोले पछ्याइरहेका छन् ।

सन् २०२० मा ३०.९५ बजार सेयरका साथ नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्य ४ शाओमी डिभाइसहरु रहेका थिए । साओमी पछि दोस्रो स्थानमा १८.६५ प्रतिशतका साथ सामसुङ रहेको छ ।

त्यस्तै १२.३५ प्रतिशतका साथ भिभो तेस्रो, १०.०५ प्रतिशतका साथ ओप्पो चौँथो र ५.३५ प्रतिशतका साथ लाभा पाँचौं स्थानमा रहेको छ।

शाओमी स्वतन्त्र रुपले नेपालमा दोस्रो ठुलो र तेस्रो ठुलो स्मार्टफोन विक्रेताको संयुक्त रुप भन्दा ठुलो छ । सन् २०२० को प्रथम त्रैमासिकमा शिर्ष पाँच स्मार्टफोन मध्य दुईवटा शाओमीका स्मार्टफोन थिए, रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ ।

‘हामी पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी भयौं र शाओमी नेपालमा यो हाम्रो लागि उत्साहजनक क्षण हो । सबैको लागि नवीनता उत्पादनहरु ल्याउन हाम्रो लक्ष्यका साथ हामी हाम्रो मी फ्यानहरुको लागी कडा परिश्रम गर्न कोशिस गर्नेछौं, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रो मी फ्यानहरूबाट प्राप्त अतुलनीय प्रेम र समर्थनको लागि आभारी छौं, जसले हामीलाई हरेक मार्गमा विश्वास गर्छन्’ ।

कम्पनी अनलाइन बिक्री साझेदार डराज डट कमको सबै सेल्स इभेन्टहरुमा नम्बर १ थियो र शाओमीको दशैं बिक्रीले ब्रान्डलाई ठूलो योगदान पुर्‍याएको साओमीको भनाई छ ।

कम्पनीसँग हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्क छ । विशेष बिक्री सेवा केन्द्रहरु मार्फत बिक्री सेवाको साथसाथै नेपालमा ग्राहकहरुको आवश्यकता पूरा गर्न डेडिकेटड सर्भिस वेयरहाउसका साथ बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेको साओमीले बताएको छ ।