कीवर्डहरू -

कोरोनाको जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध

कोरोनाको जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन सञ्चालनमा ल्याएको ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध भएको छ । यो भन्दा अगाडि एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र हाम्रो स्वास्थ्य एप उपलब्ध थियो ।

हाम्रो स्वास्थ्य एपबाट दैनिक केस विवरणका साथै कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने सुविधा रहेको छ । यसमा रहेको अन्तरक्रियात्मक नक्शामा स्वास्थ्य संस्थाको जानकारी लिन सकिन्छ ।

हाम्रो स्वास्थ्य एपमा कोरोना भाइरसको लक्षण तथा सुरक्षात्मक निर्देशिकाहरु, अद्यावधिक स्थिति प्रतिवेदन लगायत अन्य विविध सुविधा रहेको छ ।

हाम्रो स्वास्थ्य मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडको लागि यहाँ क्लिक गर्नुहोस । भने आइओएसको लागि यहाँ क्लिक गर्नुहोस ।