इन्टरनेट सेवा प्रदायक संस्था नेपाल (आइस्पान) ले कोरोना भाइरस विरुद्ध लड्न आर्थिक तथा स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
आइस्पानले कोरोना विरुद्ध लड्न विभिन्न स्वास्थ्य सामग्रीहरु निर्माण गरी निशूल्क उपलब्ध गराई राज्यलाई सहयोग गरेको भन्दै राष्ट्रिय आविस्कार केन्द्र र त्यसका मुख्य अभियान्ता महाबिर पुनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
त्यस्तै आइस्पानले मानव आश्रम भुक्तपुरले क्यान्सर अस्पताल लगायत विभिन्न क्षेत्रमा महामरीको बेला बिहान बेलुका खाना खुवाउदै आइरहेको र सहारा बिहिनको सहारा बनेको भन्दै २ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी ट्राफिक प्रहरी प्रभाग बग्गीखाना, महानगरीय प्रहरी आयुक्तको कार्यालय, नेपाल प्रेस काउन्सिल अन्तर्गतका पत्रकारहरु र काठमाडौं महानगरपालिकालाई के ९५ मास्क, सेनिटाइजर र पन्जाहरु उपलब्ध गराई सहयोग गरेको आइस्पानले जनाएको छ ।