कीवर्डहरू -

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोरोना महमारीको समयमा निरन्तर सेवामा खटिरहेका  कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह  र  उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि क्लासिक टेकले हाल कार्यरत कर्मचारीहरुको कोरोना  बीमा गरेको हो ।

यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी कीट प्रयोग गर्दै खटिरहेको क्लासिक टेकले जनाएको छ ।