कीवर्डहरू -

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चोरीएको, लुुटिएको सामान बरामद गर्दा ट्रकमा हालेर ल्याउनु पर्दथ्यो तर आजकाल चोर्ने तथा लुटपाट मच्चाउनेलाई पक्राउ गर्दा बरामद सामान एक झोला मुस्किलले हुने गर्दछ । तर त्यसको मूल्य भने लगभग उत्तिकै ।

हुन पनि आजकाल प्रविधिको व्यापकता तथा समाज केहि हदसम्म आधुनिकतामा रुपान्तरण हुँदै गएको कारणले होला त्यस्ता पक्राउ गरिएका सामानहरु डिजिटल प्रविधिसंग वढि मात्रामा संवन्धित हुने गर्दछ । जस्तै ः विभिन्न किसिमका स्मार्टफोन, क्यामेरा, विभिन्न किसिमका ल्यापटप र यस्तै उपकरणसंग सम्वन्धित ग्याजेट्सहरु आदी ।

यसबाट हामीले केहि वुझ्ने प्रयास गर्ने हो भने परमपरागत रुपमा देखा परेका चोरी, लुटपाट लगायत अन्य अपराध भन्दा आजकाल देखा परेका अपराध, सोही सामाजिक रुपान्तरण अनुसार धेरै हदसम्म भिन्न भईसकेको छ । अर्थात हरेक घट्नामा कुनै न कुनै विद्युतिय उपकरण अर्थात सुचना प्रविधिको प्रयोग भएको हुदा अवका सवै अपराधहरु विद्युतिय अपराधमा रुपान्तरण  हुदै गईरहेका भन्दा दुई मत नहोला ।

परमपरागत रुपमा देखा परेका चोरी, लुटपाट लगायत अन्य अपराध भन्दा आजकाल देखा परेका अपराध, सोही सामाजिक रुपान्तरण अनुसार धेरै हदसम्म भिन्न भईसकेको छ । अर्थात हरेक घट्नामा कुनै न कुनै विद्युतिय उपकरण अर्थात सुचना प्रविधिको प्रयोग भएको हुदा अवका सवै अपराधहरु विद्युतिय अपराधमा रुपान्तरण  हुदै गईरहेका भन्दा दुई मत नहोला ।


चोरी अथवा हराएको सामानको कुरा गर्ने हो भने दैनिक जसो मोबाईल हराएको घट्ना दर्ता भएको प्रहरी तथ्यांकले देखाउँछ । साथ साथै Laptop, Tablet PC आदी । अझ कुरा गर्ने हो भने प्रविधिसंग संवन्धित अपराधिक क्रियाकलाप वढि भएको पाइन्छ । उदाहरणको लागि कहि कतै चोरी अथवा लुटपाटको घट्ना घट्यो भने उक्त घट्नालाई सार्थकता दिन सुचना प्रविधिको प्रयोगको गरेको हुन्छ । अर्थात अपराधीले मोबाईल अथवा फोन प्रयोग गरेर कार्य सम्पादन गर्दछ अर्थात अपराध सफल तुल्याएको हुन्छ । आजकाल यस्ता घट्नाहरु पनि संस्थागत रुपमा विकास हुँदै गएको छ । पछिल्लो यस्ता घट्नाहरुमा केहि यस्तै गतिविधिहरु देखापरेका छन् ।


त्यस्तै गरेर कुनै दुई सवारी साधन विच ठोकिइ दुर्घट्ना भएमा वा सवारी साधनले कुनै व्यक्तिलाई ठक्कर दिई त्यसका चालक फरार भएमा पनि चालकले आफ्नो पछिल्लो अवस्था आफ्नो आफन्त अथवा नजिकको व्यक्तिलाई जानकारी गराउने सम्भावना अत्याधिक रहन्छ । किन भने मानिस एक सामाजिक प्राणी हो । अर्थात यस्तो अवस्थामा उसले सुचना प्रविधिको मोबाईल वा अन्य सञ्चार उपकरणको प्रयोग गर्ने सम्भावना एकदमै अत्याधिक रहन्छ । यी त भए केहि अप्रत्यक्ष रुपमा विद्युतिय उपकरण संलग्न भएको अपराधिक गतिविधिहरु । त्यस्तै अन्य जघन्य अपराधहरु जस्तै ः हत्या, अपरहण, फिरौटी आदीमा पनि फोन, मोबाईल लगायत कम्प्युटर आदीको प्रयोगको सम्भावना अत्याधिक रहन्छ ।


पछिल्ला हत्या, अपहरण फिरौटीका घट्नामा यस्तै यस्तै गतिविधि भएको पाइन्छ । समाजमा यौन विकृति फैलाउने, सामाजिक प्रतिस्था भएका व्यक्ति लगायत महिलाहरुको चरित्र हत्या गर्ने जस्ता कुरामा कम्प्युटर (सामाजिक सञ्जाल) को  प्रयोग अत्याधिक भएको छ । यस्ता सामाजिक सञ्जालबाट गलत सूचना पनि प्रकाशन हुनसक्ने तथा कहिले काँहि सु सूचना प्रवाहित गर्ने क्रममा त्यसको गलत असर पर्न गई त्यसले समाजमा आक्रोस पैदा गराई शान्त समाजिक अवस्थामा नकरात्मक असर पुर्याउँदछ । यसको उदाहरणमा इराकमा निर्दोस नेपाली मारिएकोमा हाम्रो देशको बाताबरण एकदमै अशान्त बनेको थिया । यसले भिड अनियन्त्रित बनाएको थियो । त्यस्तै पछिल्लो पटक मलेसियामा यस्तै सामाजिक सञ्जालबाट नेपाली मारिएको भन्ने सूचना सम्प्रेशण भएको थियो जुन सम्वन्धित निकायबाट प्रमाणित हुन सकेन । यसले पनि नेपाली समाजमा केहि चिसोपना ल्याएकोे थियो ।

\"\"


केहि महिना अगाडि मैले एक भन्सार विभागका एक निर्देशक रमेश शर्मा पौडेलसंग भेटघाट गर्ने मौका पाएको थिएँ । उहाँका अनुसार नेपालमा आयात भएका धेरै जसो सामानको विल विजकहरु न्यूनिकरण गरिएको पाईएको जनाउनु भएको थियो । यसले देशमा कतिको राजस्व चुहावट हुनेगर्दछ र साथ साथै व्यापारीहरुले कसरी सहज ढंगबाट कालो धन आर्जन गरिरहेका छन् भन्ने सहज अनुमान लगाउन सकिन्छ । यस्ता किसिमका व्यापारिक गतिविधिहरुमा पनि कम्प्युटर, मोबाईल लगायतका उपकरणहरु व्यापक मात्रामा प्रयोग गरी सुचनाहरु आदन प्रदान गरी आफ्नो व्यापारिक क्रियाकलाप सम्पादन भएको पाईन्छ । यो विषय राजस्व र जनतासंगको क्रय शक्तिमा सोझै सम्वन्धित भएकोले सोचनिय र संवेदनसिल नै छ ।


अझ राजस्वको कुरा गर्दा VOIP को कारणले गर्दा नेपाल दुरसंचार क्षत्रलाई करोडौं रुपैया घाटा व्यहोर्नुका साथै राजस्व चुहावट् पनि भएको घट्ना छापामा आएको सर्वविदितै छ । यस्ता गतिविधिहरुमा प्रहरीको केहि सक्रियताले कमि आएता पनि यसै विषयसंग सवन्धित नयाँ प्रविधिहरु पनि भित्रिरहेका छन् । त्यस्तै गरेर एक कम्पनिको कम्प्युटर प्रोग्रामका Source code चोरी भएको घट्ना CIB द्धारा अनुसन्धान भई कारवाही भएको सार्वजनिक भएको थियो । अतः हामी र हाम्रो समाजमा देखा परेका सामान्य घट्ना देखि लिएर ठूला घट्नामा विद्युतिय उपकरण प्रयोग गरीएका अपराधिक गतिविधिहरु देखापरिरहेका छन् । अझ यस्ता कुनै कुनै गतिविधिका केहि प्रविधि उच्चस्तरमा पनि रहने सम्भावनालाई पनि नकार्न सकिदैन । अत : यसै आधारमा कुरा गर्दा अवको सवै अपराध विद्युतिय अपराधमा रुपान्तरण भईरहेको हामी महशुस गर्न सक्छौ ।