कीवर्डहरू -

आइटीमा करियर बनाउने सोचमा हुनुहुन्छ ? यि हुन् सम्भावनाका क्षेत्रहरु

आइटीमा करियर बनाउने सोचमा हुनुहुन्छ ? यि हुन् सम्भावनाका क्षेत्रहरु


इन्टरनेको विकासस“गै व्यक्तिले गर्ने रोजगारमा  पनि धेरै नै  परिवर्तन आउन थालेको छ । पहिलेका परम्परागत जागिर क्रमशः हट्दै नया“ प्रकारका जागिरको सुरुआत भइरहेको छ । आइटी पढिरहेका विद्यार्थीले आधुनिक सूचना प्रविधिको भरपूर उपयोग गर्दै नया“ तरिकाले रोजगारको सिर्जना गरिरहेका छन् । विद्यार्थीले जुनसुकै संकाय पढे पनि कतै न कतैबाट उनीहरू आइटी संस्थामा आबद्ध हुन पुग्दछन् । कुनै पनि व्यक्ति सफल हुन उसको पारिवारिक र शैक्षिक वातावरणको योगदानले पूरा हु“दैन । त्यसका लागि त उक्त व्यक्तिस“ग धैर्य गर्न सक्ने क्षमता, प्रयोगात्मक ज्ञान, अनुकूल वातावरण र जोखिम मोल्न सक्ने क्षमता हुनु पनि त्यतिकै जरुरी हुन्छ ।


सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरू ज्यादै ठूलो छ । हामीलाई थुप्रै करियरको ज्ञान छ र अहिले नया“ उदाइरहेका करियरका बाटाबारे पनि हामीलाई केही चेतना छ । पढाइस“गै हामीले कुन क्षेत्र रुचाउ“छौ“ र त्यसलाई अ“गाल्दा ठीक हुन्छ र नेपाल तथा विदेशमा पनि त्यस क्षेत्रमा लाग्दाको सम्भावना के–के हुन सक्छन् भन्नेबारे जान्नु जरुरी छ । तत्कालको अवस्थामा हेर्दा देशभित्रै र अन्तर्राष्ट्रियस्तरमा पनि सूचना प्रविधि अर्थात् आइटी क्षेत्रमा कर्मठशील जनशक्तिको खा“चो परिरहेको छ ।

केमा छ आइटी करियर ?
अहिले आइटी कम्पनीमा जागिर खानका लागि कोडर नै बन्नुपर्ने अवस्था छैन । अहिले आइटी कम्पनीहरूले विभिन्न कुरास“ग समन्वय गरेर अगाडि बढिरहेका छन् । आइटी कम्पनीहरूले डिसिपिएलई अर्थात डिजाइन, ल्याङ्वेज, मार्केटिङ, स्टाटटिस्टिस एनालाइसिस र म्यानेजमेन्ट आदिस“ग समन्वय गरेरअघि बढिरहेको हुनाले पनि आइटी कम्पनीहरूमा जागिर खानका लागि आइटी नै पढ्नुपर्छ भन्ने बाध्यता छैन । आइटी पढ्नेहरू सफ्टवेयर इन्जिनियरिङ मात्र नै बन्नुपर्छ भन्ने छैन ।

यसबाहेकका गेमिङ, इन्टरफेस डिजाइन आदिमा आबद्ध भएर पनि आफ्नो सीप र सिर्जनाबाट धेरै नै आर्जन गर्न सकिन्छ । आइटीका विद्यार्थी थुप्रै उद्योगमा काम पाउन सक्छन्, जस्तै– सफ्टवेयर उद्योग, आर्थिक संस्था, स्वास्थ्य, कर्पोरेट संस्थाहरू । केही चलेका करियर क्षेत्र आइटिका विद्यार्थीलाई राम्रा हुन्छन् तिनीहरूमध्ये केही तल उल्लेख गरिएको छ ।

  • सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ
  • वेब डेभलपर र डिजाइनर
  • इन्टरफेस डिजाइन
  • एनिमेसन र क्युएफएक्स
  • मोबाइल एप्लिकेसन
  • गेमिङ
  • सिस्टम एडमिनिस्ट्रेटर
  • सिस्टम एनालाइसिस्ट
  • प्रोजेक्ट वा योजना व्यवस्थापक
  • एसइओ÷एसएमएम विशेषज्ञ
  • डाटाबेस डेभलपर
  • क्यू ए (क्वालिटी एस्युरेन्स)
  • प्राविधिक लेखक
  • सोसल मिडिया म्यानेजमेन्ट तथा डिजिटल मार्केटिङ

करियर बनाउन के कुरामा ध्यान दिने ?
यदि कुनै व्यक्तिले आइटीका विभिन्न क्षेत्रमा करियर बनाउन चाहन्छ भने उसले केही कुराहरूमा ध्यान दिनुपर्दछ । यो क्षेत्र एकदमै च्यालेन्जिङ पनि छ, जसले गर्दा हरेक दिन अप टू डेट हुनु आवश्यक छ । सफ्टवेयर डेभलपमेन्टलगायतको काम गर्नका लागि प्रतिस्पर्धात्मक र टेक्निकल ज्ञान भएर मात्र हु“दैन, व्यक्तिको इन्टर पर्सनल स्किल र बानी व्यहोरा पनि राम्रो हुन त्यत्तिकै जरुरी छ । डियरवाल्कका अध्यक्ष रुद्र पाण्डे भन्नुहुन्छ, ‘हामीलाई राम्रो मान्छे होइन्, मिहिनेती, इमानदार र लगानशील मान्छेको आवश्यक छ ।’ हामीले नेपालमा आइटीको क्षेत्रमा काम गरिरहेका केही विज्ञको अन्तर्वार्ता पनि यस रिपोर्टमा समावेश गरेका छौ“ । उहा“हरूको सल्लाहअनुसार आइटीमा स्कोप खोज्नेले पढाइ र सीपबाहेक यी कुरामा पनि ध्यान दिनुपर्दछ ।