कीवर्डहरू -

मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण

मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण

तस्वीरः एपी

एजेन्सी । अमेरिकामा मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण भएको छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोर्डना’ ले बनाएको हो ।

मोर्डनाले बनाएको एमआरएनए-१२७३ नामक खोपले परीक्षण गरिएका स्वयंसेवकहरुमा आशा गरिए भन्दा बढी रोग प्रतिरोधि क्षमता बढेको पाइएको छ । यस खोपले शरिरमा नकारात्मक असर पनि कम देखाएको छ ।

कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले थप परीक्षण पछि मात्रै खोप बजारमा आउन सक्ने बताए । पहिलो चरणको परीक्षण सफल भएपनि थप परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणको लागि उलब्ध हुने ज्याक्सले बताए ।