कीवर्डहरू -

IPTV ले कसरी काम गर्दछ ?

IPTV ले कसरी काम गर्दछ ?

केबल टि.भी चलाऊनलाई जस्तै IPTV चलाऊन पनि सेटअप बक्स चाहिन्छ । IPTV हामी कम्प्युटरमा,सेटअप बक्स प्रयोग गरी आफ्नो टेलिभिजन सेट,मोबाईल, आईप्याड सबैमा हेर्न सकिन्छ । टेलिभिजनमा जोडीने बक्सलाई स्मार्ट बक्स भनिन्छ जुन डिभाइस घरमा जोडीने ब्रोडब्यान्ड ईन्टरनेटसंग जोडीन्छ ।


जब ग्राहकले कुनै प्रोग्राम माग गर्दछन, तब अपरेटरले प्रसारण्ँकर्तासंग डाटा लिन्छन र डाटा पठाउन सजिलो हुने फर्माटमा बदल्छ । कुसल तथा गुण्ँस्तरिय सेवा दिनको लागि IPTV ले ब्यान्डविथ ब्यवस्थापन, मिडिया कन्भर्सन तथा Caching को पनि काम गर्दछ । Caching भनेको एकचोटी आई सकेको निश्चित पारिमाण्ँको डाटा आफ्नै डिभाइसमा सन्चित भएर बस्नु हो, यदी तेही डाटा फेरी मागियो भने सर्भरबाट डाटा नल्याइ तेही Cache बाट ल्याइन्छ ।


स्मार्ट बक्सले पाएको ईन्टरनेट प्याकेटहरुलाई भिडियो स्ट्रिममा बदल्छ र माग गरिएको प्रोग्राम टेलिभिजन सेटमा देखाउछ । निम्न स्टेपहरु पछी मात्र IPTV ग्राहकहरुको घरघरमा पुग्दछ ।

१. कार्यक्रम प्राप्त गर्नु  ः प्रसारण्ँ गर्नु पर्ने कार्यक्रम साधारण्ँयत सेटलाइटबाट प्राप्त गर्ने गरिन्छ ।
२. प्राप्त गरिएको एनालन तथा डिजीटल डाटालाई इनकोड गर्ने ।
३. क्ष्एत्ख् बितरण्ँ नेटवर्क  ः क्ष्एत्ख् सभिर्स ग्राहकहरुको घरघरमा पु¥याउनु पर्ने भएकोले बितरण्ँ नेटवर्क कुनै किसिमको वाइड एरिया नेटवर्कसंग जोडीएको हुन पर्दछ । उक्त नेटवर्कले उच्च गुण्ँस्तरको सभिर्स दिन पर्ने भएकोले प्रसस्त मात्रामा ब्यान्डविथ हुनपर्दछ ।
४.मिडलवेर  ः प्रयोगकर्ताहरुले राम्रो संग हेर्नकोलागि इलेक्ट्रोनिक डाटा लाई आवाज,फोटो भिडियो आदीमा देखाउन पर्दछ । स्मार्ट बक्सको मद्घतले ग्राहकहरुसम्म अडियो भिडियो प्रस्तुत गर्ने गरिन्छ ।
५. IPTV हेर्ने डिभाइस ः केबल टेलिभिजनमा प्रयोग हुने जस्तै सेटअप बक्स लाई IPTV हेर्ने डिभाइस भन्न सकिन्छ । यो बक्स लाई मिडलवेरको रुपमा पनि काम गराउन सकिन्छ ।

IPTV सभिर्सलाई मुख्य रुपमा ३ समुह मा बिभाजन गर्न सकिन्छ
१. लाईभ टेलिभिजन ः तत्काल समयमा प्रसारण्ँ भई रहेको टेलिभिजन प्रोग्रामलाई यसले समेट्ने गर्दछ ।
. समय परिवारतित टेलिभिजन ः यो अन्तर्गत घण्टउ तथा केही दिन अगी प्रसारण्ँ भएको प्रोग्राम हेर्न सकिनुका साथै चली रहेको प्रोग्राम सुरुवात देखी पनि हेर्न सकिन्छ ।
३. भिडियो अन डिमान्ड ः यो टि.भी प्रोग्रामस“ग सम्बन्ध राख्दैन । भिडियोहरुको अनुसुची अनुसार खोजिन्छ अनी हेरिन्छ ।

\"\"

IPTV पछाडिका प्रविधिहरु
IPTV मा प्रयोग हुने २ वटा प्रमुख प्रोटोकोलहरुमा IGMP (Internet G roup Management Protocol) RTSP - Real Time Streaming Protocol _ पर्दछन । IGMP लाईभ टि.भीको लागि प्रयोग गरिन्छ भने RTSP भिडियो अन डिमान्डको लागि प्रयोग गरिन्छ । यसका साथसाथै बितरण्ँ र रुट मल्टीकास्टको लागि PIM–SM - Protocol–Independent Multicast–Sparse Mode ) प्रोटोकोल प्रयोग गरिन्छ ।

युनिकास्टद्वारा पठाउदा ब्यान्डविथमा रोक लगाउन न सकिने भएकोले लाईभ टि.भीको लागि मल्टीकास्ट प्रयोग हुन्छ । ग्राहकहरुको घरमा पठाउनु पर्ने मिडिया (अडियो , भिडियो , टेक्स्ट , फोटो आदी ) लाई MPEG2 अथवा MPEG4 फरम्याटमा इनकोड गरिन्छ । MPEG2 भन्दा MPEG4 मा इनकोड गरिएको डाटा पठाउन धेरै ब्यन्डविथ चाहिन्छ । यदी भिडियोको माग उच्च गुण्ँस्तरको छ भने MPEG4 मा नै पठाउने गरिन्छ तर यसको लागि उच्च डाटारेटको नेटवर्क हुन पर्दछ ।


SDTV - Standard Digital Telivision) को प्रयोग गरेर MPEG2 मा इनकोड गरिएको डाटा पठाउन ४–६ मेगा बाइट्स प्रती सेकेन्डको स्पीड चाहिन्छ भने HDTV - High Definition Television ) को प्रयोग गरेर MPEG2 मा इनकोड गरिएको डाटा पठाउन २०–२४ मेगा बाइट्स प्रती सेकेन्डको स्पीड चाहिन्छ । त्यसै गरी अन्य इनकोडिङ जस्तै H.264 को प्रयोग हुदा SDTV मा २–३ मेगा बाइट्स प्रती सेकेन्डको स्पीड चाहिन्छ भने HDTV मा १०–१२ मेगा बाइट्स प्रती सेकेन्डको स्पीड चाहिन्छ ।