कीवर्डहरू -

अनरको नयाँ ट्याबलेट सार्वजनिक, वाईफाई सिक्स, फाइभजी सँगै ७२५० एमएएचको ब्याट्री

अनरको नयाँ ट्याबलेट सार्वजनिक, वाईफाई सिक्स, फाइभजी सँगै ७२५० एमएएचको ब्याट्री

हुवावेको सब ब्राण्ड अनरले चीनमा फाइभजी ट्याबलेट अनर भीसिक्स सार्वजनिक गरेको छ । अनरको भीसिक्स ट्याबलेटमा १०.४ इन्चको डिस्प्ले रहेको छ ।

यो ट्याबलेट किरिण ९८५ प्रोसेसरबाट सञ्चालित रहेको छ । अनरको यस ट्याबलेटमा एन्ड्रोइड १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

६ जीबी र्‍याम रहेको यस ट्याबलेट ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध रहेको छ । इन्टर्नल स्टोरेज ५१२ जीबीसम्म बढाउन सकिनेछ ।

\"\"

एन्ड्रोइडमा आधारित यस ट्याबलेटमा १३ मेगापिक्सेलको सिंगल लेन्स रियर क्यामेरा रहेको छ । भने ८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

अनर भीसिक्स चार स्पीकर र चार माइक्रोफोनमा आउँछ । यसमा ७२५० एमएएचको ब्याट्री रहेको छ । यसले फास्ट चार्जिङको सपोर्ट गर्नेछ । फाइभजी सँगै यसमा वाईफाई सिक्स, ब्लुटुथ, जीपीएस र युएसबी टाइप सी कनेक्टीभिटिको विकल्प रहेको छ ।

कम्पनीले अनर भीसिक्सको मूल्य र उपलब्धता बारे अझै घोषणा गरेको छैन ।  कम्पनीले आगामी जुनमा मूल्य र प्रडक्ट रिलिज मिति सार्वजनिक गर्नेछ ।