आगामी जेठ १५ गते बिहीबार साँझदेखि जेठ १८ गते आइतबार बिहानसम्म प्रभु बैंकको कुनै पनि सेवाहरु सञ्चालनमा नरहने भएका छन् । नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने लागेकाले बैंकले तीनदिन सेवा नदिने भएको हो ।
बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने प्रयोजनको लागि उक्त दिनहरुमा कुनै पनि सेवा सञ्चालन नहुने जानकारी गराएको छ ।
प्रभु बैंकले हाल प्रयोग गर्दै आएको पुमरी सफ्टवेयर प्रतिस्थापन गरी फिन्याकल सफ्टवेयर प्रयोगमा ल्याउन लागेको छ ।