कीवर्डहरू -

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनले सहकार्यको गरेका छन् । यसको थालनी मे २०२० देखि हुने जानकारी दिइको छ ।

नवप्रबर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ ।

ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तर्राष्ट्रिय बजारमा फाइभजी एडप्सनमा टेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित छ ।

भोडाफोनका रिटेल तथा अनलाइन च्यानल मार्फत ओपोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज) लगायत फोनहरु उपलब्ध गराइने छ ।

\"\" सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्तुगल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ ।

यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दूबै कम्पनीले संयुक्तरुपमा सटिक पहलहरु गर्नेछन् ।

ओपोले आफ्ना उत्पादनहरु अधिकमरुपमा ईन–हाउस गर्ने गरेको छ । साथै कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरु साधारणरुपमा सञ्चालनमा आइसकेका छन् ।

फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूबै कम्पनीहरु अनलाइन विक्रि च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् ।

\"\" क्रमबद्ध रुपमा बन्देजहरु खुकुलो गरिँदै लैजादा भोडाफोनसँग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओपो र भोडाफोनले विशेष सजगता अपनाउने छन् ।

यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरु भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोर्तुगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ ।

ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ ।