कीवर्डहरू -

पपअप सेल्फी क्यामेरा सहित अनर एक्स टेन सार्वजनिक

पपअप सेल्फी क्यामेरा सहित अनर एक्स टेन सार्वजनिक

चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले चीनमा मिड रेञ्जको स्मार्टफोन ‘अनर एक्स १०’ सार्वजनिक गरेको छ ।  गत वर्ष मात्रै कम्पनीले अनर नाइन एक्स सार्वजनिक गरेको थियो ।

अनर एक्स टेनमा ६.६३ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । यसमा हुवावेको किरिण ८२० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ ।

६ जीबी र ८ जीबी र्‍याममा उपलब्ध रहेको यो फोनमा ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसको स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिने छ ।

अनर एक्स टेनमा एन्ड्रोइ १० अपरेटिङ सिस्टमसँगै म्याजिक युआई राखिएको छ । डुअल सिम सपोर्ट रहेको यसमा फिंगरप्रिन्ट सेन्सर समेत उपलब्ध छ ।

तीनवटा रियल क्यामेरा सेटअप रहेको यस फोनमा मेन सेन्सर ४० मेगापिक्सेलको रहेको छ । त्यस्तै यसमा पपअप सहित १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

४३०० एमएएचको ब्याट्री रहेको यस फोनले फास्ट चार्ज सपोर्ट गर्छ । यस फोनको सुरुवाती मूल्य १८९९ युआन राखिएको छ । चीनमा यो फोन आगामी मे २६ बाट बिक्री गरिने छ ।