कीवर्डहरू -

आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृया हुदैछ । नेपालमा लकडाउनसँगै डिजिटल एजेन्डाका कुराहरु उठ्न थालेका छन भने सरकारले केहि समयदेखि डिजिटल नेपालको फ्रेमवर्क तयार पारी काम गरिरेको छ । विभिन्न पोलिसी तथा नीति नियमहरु भएपनि के नेपाल अब डिजिटल युगममा प्रवेश गर्न तयारी छ त भन्ने विषयमा विभिन्न विज्ञहरुसँग छलफल हुने आयोजकले जनाएको छ ।


आजको डिजिटल संवादमा नेपालको आइटी क्षेत्रका विज्ञ मनोहर भट्टराईले विशेष कार्यपत्र प्रस्तुत गनुहुनेछ भने पूर्व सहसचिव विरेन्द« मिश्र, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल छलफलमा सहभागी हुनुहुनेछ । यसैगरी इन्टरप्राइज आर्किटेक्ट विवेक राणा, जेनरल टेक्नोलोजी प्रालिका सुनौना पाण्डेको पनि संवादमा सहभागिता रहनेछ । यसेगरी विभिन्न क्षेत्रका विज्ञ तथा पोलिसी क्षेत्रमा काम गरिहनुभएका व्यत्तिहरुको संवादमा सहभागिता रहनेछ ।

डिजिटल संवादमा इच्छुक व्यत्तिहरुले सहभागिता जनाएर आफ्ना विचारहरु राख्न सकिन्छ । विषयबस्तुमा चासो राख्नेहरुले जुम एप्लिकेशनको प्रयोग गरी खुल्ला राउण्ड टेवलमा सहभागिता जनाउन सकिन्छ । आजको कार्यक्रम डिजिटल संवादको नवौं श्रृंखला हो । यसअघिको कार्यक्रममा डिजिटल पेमेन्टको भविश्वको बारेमा वृहत छलफल आयोजना भएको थियो ।

आजको क्रार्यक्रममा सहभागिता जनाउन http://tiny.cc/s6efpz यो लिंक मा गएर आफ्नो नाम र इमेल आइडी उपलब्ध गराउन आयोजकले आग्रह गरेको छ । इमेल आइडीमा कार्यक्रमको लगइन पासवर्ड सहित कार्यक्रमका रिपोर्टहरु पनि उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ ।


गतहप्ताको डिजिटल संवाद कार्यक्रम हेर्न तलको भिडियो क्लिक गर्नुहोस :