कीवर्डहरू -

गूगल एपमा यसरी गर्नुहोस डार्क मोडको प्रयोग

गूगल एपमा यसरी गर्नुहोस डार्क मोडको प्रयोग

गूगलले हालै मात्रै आफ्नो सर्च एपमा डार्क मोडको सुविधा ल्याएको छ । गूगलको एन्ड्रोइड तथा आईओएस दुवै एपमा डार्क मोडको सुविधा उपलब्ध रहेको छ ।

डार्क मोडको सुविधा प्रयोग गर्न एन्ड्रोइड मोबाइलमा एन्ड्रोइड १० वा त्यो भन्दा माथिको अपरेटिङ सिस्टमको आवश्यकता पर्नेछ ।

त्यस्तै आईओएसमा यो सुविधा प्रयोग गर्नका लागि आईओइएस १२ वा त्यो भन्दा माथिको अपरेटिङ सिस्टममको आवश्यकता पर्नेछ । साथै गूगल एपको लेटेस्ट भर्सनको समेत आवश्यकता पर्नेछ ।

डार्क मोडको सुविधा प्रयोग गर्नका लागि सबैभन्दा पहिला आफ्नो फोनमा भएको गूगल एप खोल्नुहोस । यदि गूगल एपको नयाँ भर्सन अपडेट गर्नु भएको छैन् वा डाउनलोड गर्नु भएको छैन्  भने अपडेट वा डाउनलोड गर्नुहोस ।

त्यसपछि गूगल एपमा गई ‘मोर’ बटममा क्लिक गर्नुहोस । मोर बटममा क्लिक गरेपछि सेटिङमा जानुहोस । सेटिङमा गएपछि जनरलमा जानहोस । त्यसपछि चुज थिममा क्लिक गरी डार्क अप्सनमा क्लिक गर्नुहोस ।