कीवर्डहरू -

अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष सापटी सेवा सुरु गर्ने भएको छ ।

सञ्चयकर्तालाई सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उदेश्यले कोषले अनलाइनबाट सापटी लिन मिल्ने व्यवस्था गरेको हो ।

\"\"

अनलाइनबाट सापटी लिनको लागि सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी अद्यावधिक भएको हुनुपर्ने र अद्यावधिक नभएको कार्यालयले अनलाइनबाटै अद्यावधिक गर्न सकिने छ ।

त्यस्तै कोषले सम्बन्धित सञ्चयकर्ता र कार्यालयलाई दिएको युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्ने छ । साथै सञ्चयकर्ताले बैक खाता मार्फत कारोबार गर्न स्वीकृती प्रदान गर्नुपर्ने छ ।

\"\"

अनलाइन प्रणालीबाट हाललाई २० हजारदेखि १० लाखसम्म विशेष सापटी माग गर्न सकिने छ । सापटी लिनको लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गई प्राप्त निर्देशन अनुसार फाराम भरी अपलोड गर्नुपर्ने छ ।

कोषले उक्त फारामलाई प्रमाणीत वा सिफारिस गरेपछि सञ्चयकर्ताको बैंक खातामा सिधै रकम जम्मा गरिदिने छ ।