कीवर्डहरू -

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’  नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

योजना अनुसार जेष्ठ ९ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।

उक्त योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एकलाख रुपैयाँ प्राप्त गरेका छन् । मेगा लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आइडी नम्बर 71913300795 , 02519229234, 71903393800, 02558114709, 71912401511, 71907479506, 71913350964, 71908166573, 71905851581, 02519245752 लाई बिजेता घोषणा गरिएको छ ।

बिजेताहरुलाई प्रति व्यक्ति एकलाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ । आउने लाइभ लक्की ड्र २०७७ साल जेष्ठ १६ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने डिसहोमले जनाएको छ ।

२०७७ साल जेष्ठ ९ गते शुक्रबार देखि जेष्ठ १५ गते बिहिबार सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेष्ठ १६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ । अन्य जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।