ई. कैलाश कार्की
उपप्राध्यापक, नेपाल ईन्जिनियरिङ्ग कलेज
प्रविधि मावन जिवनका अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस विरुद्ध लड्न विकसित देशहरुले भरपुर प्रविधिको प्रयोग गरिरहेका छन भने विकासशिल र अल्पविकसित देशहरु पनि आफ्नो हैसियत अनुसारका प्रविधिको उपयोग गरिरहेका छन । विरामीलाई खाना पुर्याउने रोवोट, कन्ट्याक्ट ट्रयासिङ एप, डिसइन्फेक्सन टनेल आदि केहि यसका उदाहरण हुन ।प्रविधिको मानव सभ्यातासँग नाता खोतल्न ढुङ्गे युगबाट सुरु गर्नुपर्ने हुन्छ ।शुरुमा वन्यजन्तुको शिकार गर्न डुङ्गा प्रयोग गर्ने मानव जातिले विस्तार धनुस, तिर, भालाजस्ता चिजहरुको विकास गरे जसवाट शिकार नकै सहज हुन पुग्यो । साथै मारिएका वन्यजन्तुको छालालाई आफ्नो शरीर ढाक्न प्रयोग गरियो। विस्तारै आगो को उत्पत्ति गर्न सफल भयो मानवजाति।
औधोगिक क्रान्तिलाई फर्केर हेर्दा सन् १९औ शताब्दीको मध्यतिर स्टिम इन्जिनको आविष्कार भयो जसले कृषि देखि लिएर कपडा उधोगसम्म लाई परिवर्तन गर्यो।स्टिम इन्जिनको उत्पति पुर्व पानि,वायु घोडा र मान्छे को सहायताले मेशिनहरु चल्ने गर्थे । यसबाट के देखिन्छ भने उधोगहरु पानि पर्याप्त भएको ठाउ समुद्र किनार वा खोला नजिक हुनु अपिरिहार्य थियो । स्टिम इन्जिनले जुनुसुकै ठाउँमा उधोग खोल्ने सहजताका साथै ठुला ठुला मेशिनहरु संचलानमा सहजता तुल्याइदियो । त्यसैगरी दोस्रो औधोगिक क्रान्तिको (जसलाई प्राविधिक क्रान्तिको नामले पनि चिनिन्छ) आगमन सगै बिधुत्तिकरण,रासायनिक मल,टेलिफोन जस्ता प्रविधिको सहायताले उधोगहरु एकै चोटी ठुलो संख्यामा वस्तुहरु उत्पादन गर्न सफल भए भने रेल रोडको सहायताले वितरण तथा कच्चा पदार्थ सकलनमा पनि सहजता आयो ।
अहिले हामी तेस्रो औधोगिक क्रान्ति अर्थात डिजिटल क्रान्तिको समयमा छौ ।अधिकांश एनालग प्रविधिमा आधारित प्रणालीहरु डिजिटल प्रविधिमा रुपान्तरण हुदै गईरहेका छन ।ईलेक्ट्रोनिक्स र सूचना प्रविधिको उपयोगले उधोगहरु स्वचालित हुने क्रम जारि छ।
अहिले हामी तेस्रो औधोगिक क्रान्ति अर्थात डिजिटल क्रान्तिको समयमा छौ ।अधिकांश एनालग प्रविधिमा आधारित प्रणालीहरु डिजिटल प्रविधिमा रुपान्तरण हुदै गईरहेका छन ।ईलेक्ट्रोनिक्स र सूचना प्रविधिको उपयोगले उधोगहरु स्वचालित हुने क्रम जारि छ। यसरि ईतिहासलाई फर्केर हेर्दा सामान्य उपकरणहरु देखि लिएर छापाखाना, रेडियो, टिभि, कम्प्युटर, मोवाइल, इन्टरनेट हुदै अहिले मानिसले गर्दा आएका काम छिटो छरिटो तरिकाले गर्न स्मार्ट रोवोट, आर्टिफिसियल इन्टिलिजेन्स जस्ता प्रविधिको प्रयोग मानाव जातिले गरिरहेको छ ।
प्रविधिको प्रयोगले विश्व भुमण्डलीकरणको चरणमा प्रवेश गरेको छ जसको फलस्वरुप विश्व खुम्चदै गएको छ । यसको अर्थ प्रविधिमा आएको तिव्र विकासले सुचना संकलन, सञ्चार, व्यापार देखि लिएर शिक्षा आर्जन लाई समेत सहज बनाईदिएको छ । प्रविधिको प्रयोग र समाजलाई यसले पार्ने असरको व्याख्या दार्शानक अनुसार फरक फरक छ । केहि दार्शनिकहरु प्रविधिले मानव अवस्थालाई सुधारोन्मुख दिशातर्फ लगिरहेको दावि गर्छन भने कोहि प्रविधिको व्यापकताले वातावरणलाई नकरात्मक असर पुर्याइरहेको र मानव जाति कमजोर हुने डर प्रकट गरिरहेका छन।नविनतम प्रविधिका प्रयोगसगै हामीले सोच्ने,काम गर्ने तथा सुचना सम्प्रेषण गर्ने लगायतका शैलिमा निकै बदलाव आएको छ ।
बैंकिंग , उधोग , व्यापार, मिडिया, कृषि, सरकारी सेवा वितरण लगायतका हरेक सामाजिक प्रणालीमा डिजिटल प्रविधिले प्रवेश पाएको छ । कोरना महामारीसँग लड्न अधिकांश देश वन्दावन्दीको अवस्थामा रहदा विश्वकै अर्थतन्त्र निकै खुम्चने पक्का छ । तर पनि यो कठिन समयमा कुनै त्यस्तो क्षेत्र जसले कुल ग्राहस्थ उत्पादनमा टेवा पुर्याउदछ भने त्यो सुचना प्रविधि क्षेत्र हो । उदाहरणका लागि वन्दावन्दीको कारण धेरै जसो कामदारले आफ्नौ रोजगार गुमाई रहदा विशवकै अग्रणि ई(कर्मश कम्पनि अमेजनले भने माग वढि भएको हुनाले ७५००० नयाँ कर्मचारी भर्ना गर्ने उद्घोष गर्यो ।यहाबाट स्पष्ट हुन्छ पुर्वाधार बलियो बनाउन सके विपत्तिमा पनि सुचना प्रविधिले अर्थतन्त्रमा टेवा पुर्याउने क्षमता राख्दछ । यसै गरि हजारौ विधार्थिहरु वन्दावन्दीको कारण सिकाइवाट वन्चित भईरहदा केहि देशहरु सुचना प्रविधिको प्रयोग गरी सिकाईलाई निरन्तरता दिन सफल भएका छन ।
कोरना त्रासले मानव जिवन अस्तव्यस्त भईरहदा पनि सुचना प्रविधिको पुर्वाधार राम्रो भएका मुलुकहरुले यसको प्रयोग गरी मानव जिवनमा केहि सहजता ल्याईरहेका छन।
अब स्वभाविक प्रश्न उठ्न सक्छ, के प्रविधि सधै मानव समाजको लागि वरदान मात्रै सावित हुदै आएको छ ? अहिलेसम्मको स्थिति आकलन गर्दा मानिसको नियन्त्रणमा नै छ प्रविधि तर भोलि प्रविधिले चाहि मानव जिवनलाई नियन्त्रण गर्न सक्ने भय भने जिवितै रहेको भान हुन्छ। फेसबुक, स्न्याप च्याट, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरुको अति प्रयोगले युवाहरु डिजिटल दुर्व्यसनिमा फसिरहेका छन भने खास विश्वलाई वुझ्ने धारणमा नै वदलाव आई एउटा भर्चुअल दुनियामा जिरहेका छन जुन मानव सामाजको पक्षमा छैन । डिजिटल प्रविधिको प्रयोगसँगै अपराधका दायराहरु पनि फराकिला भएका छन ।
कोरना त्रासले मानव जिवन अस्तव्यस्त भईरहदा पनि सुचना प्रविधिको पुर्वाधार राम्रो भएका मुलुकहरुले यसको प्रयोग गरी मानव जिवनमा केहि सहजता ल्याईरहेका छन। अब स्वभाविक प्रश्न उठ्न सक्छ, के प्रविधि सधै मानव समाजको लागि वरदान मात्रै सावित हुदै आएको छ ?
बौद्धिक सम्पति चोरी, सुचनामा ह्याकरको पहुच, ईन्टरनेटको माध्यमबाट हुने यौन हिंसा आदि यसका उदाहरणहरु हुन । राज्यले ठुलो धनराशि डिजिटल अपराधका नियन्त्रणका निम्ति खर्चनुपरिरहेको छ । खास गरी आर्थिक रुपमा सबल र युवाहरु प्रविधिको प्रयोगमा अगाडि देखिरहदा कतै यसले सामाजिक खाडललाई अझै बडाईरहेको त छैन भन्ने संखा जन्माएको छ। कामहरुलाई धमाधम प्रविधियुक्त स्चालित उपकरणहरुले विस्थापित गरिरहदा मानव जाति नया सिप सिक्दै नया अवसर खोज्न बाध्य हुनुपरेको छ ।
भविष्यले के संकेत गर्दैछ ?
मानवजाति सँग दुई प्रकारको क्षमता रहदै आएको छ एउटा शारीरिक र अर्को संज्ञानात्मक क्षमता । शारीरिक क्षमताको कुरा गर्दा प्रविधियुक्त उपकरणहरु मानिस भन्दा क्षमतावान भईसकेको छन भने अझ पनि सज्ञानात्मक ज्ञानमा मानिस आगाडि रहेको छ ।धेरै कामहरु रोवोटले छिटो छरितो तरिकाले गर्न सक्ला तर यसमा अनुभुतिको र चेतनाको कमि छ । तथापी उपकरणहरुको क्षमता विस्तारमा निरन्तर वैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु लागिपरिरहेका छन।जब कृत्रिम वौद्धिकता युक्त प्रणालीहरु उपकरणहरुको वुद्धिमता मानिसको बराबर वा बढि हुन्छ, मानव जातिले गरिरहेका अधिकांश कामहरु रोवोट लगायतका उपकरणहरुले गर्न सक्ने क्षमता राख्दछन।
रेष्टुरेन्टमा ग्राहकको टेबलमा खाना पुर्याउने देखि लिएर वृद्धवृद्धाको स्याहारको काम गर्न उपकरणहरुको पहुच पुग्नेछ । अक्सफोर्ड ईकोनोमिक्सले जनाए अनुसार सन् २०३० सम्म विश्वभर अहिले मानिसले गर्दै आएका उत्पादन क्षेत्रका करिब दुई करोड रोजगार स्मार्ट रोवोटको हातमा पुग्नेछ । अर्कोतर्फ यस्ता प्रविधिको विकासले उच्च स्तरको स्वास्थ्य सेवा,औसत आयुमा वढवा का साथसाथै शिक्षा आर्जनमा सकरात्मक परिवर्तनको आशा गरिएको छ । यसरी हेर्दा भविष्यमा यि नविनतम प्रविधिहरुले नयाँ अवसर प्रदान गर्नुको साथै मानव जिवनमा खतराको घण्टी पनि वजाउने निश्चित छ ।यस्ता प्रविधिलाई हामिले मानव समाजको अनुकुलताका लागि प्रयोगमा ल्याउनेकि प्रतिकुलता लागि बल मानव समाजकै कोर्टमा छ ।
अर्को जटिल प्रश्न कृत्रिम वौद्धिकतायुक्त प्रणालीहरुले वर्गीय , लिङ्गिय, वर्ण लगायतका समाजिक विभेदलाई अझै टेवा पुर्याउने त होइन भन्ने आमचासो रहेको पाइन्छ । उदाहरणका लागि कुनै एउटा बालकले गुगल सर्च ईन्जिनमा नर्स टाईप गर्दा महिलाको मात्र फोटो देखियो भने उसलाई नर्स महिलाहरुको मात्र पेशा हो भन्ने छाप पर्छ, जुन लिगिंय विभेदको रुपमा दर्ज हुनेछ । स्वचालित प्रणालित विकास गर्दा सवै क्षेत्रका डाटाहरु राखेर प्रणालीलाई ट्रेन र टेष्ट गराउन सकेको खण्डमा यस्ता विभेद केहि हदसम्मन घटाउन सकिन्छ।
के वैयक्तिक स्वतन्त्रता घुम्दैछ ?
विभिन्न देशहरुले कोरोना महामारी विरुद्ध लड्न प्रयोगमा ल्याइरहेका कन्ट्याक्ट ट्रयासिङ एपलाई लिएर गोपनियताको प्रश्न उठ्न थालेको छ । यस्ता एप हरुले कोरना संक्रमित व्यक्तिको संपर्कमा को को थिए भन्ने कुराको जानकारी दिन्छ । भारतले प्रयोगमा ल्याएको ब्लुटुथ प्रविधिमा आधारित आरोग्य सेतु नामक ट्रयासिङ एप डाटामा पहुच र डाटा सुरक्षाको विषयलाई लिएर विवादमा आएको छ। सरकारी र निजिक्षेत्रका कर्मचारीहरुलाई अनिवार्य गरिएको आरोग्य सेतुले मानिस कोरना संक्रमितको नजिक गएमा पुर्व जानकारी प्रदान गर्दछ ।यसर हेर्दा अहिले विश्वभरका देशहरुले आफ्ना नागरिकका सुचना संकलन गरिरहेका छन । स्वास्थ्यको हित देखाएर भविष्यमा यि सुचनाहरु आफ्ना नागरिकमाथि गैरकानुनी नियन्त्रण मा प्रयोग हुने जोखिम बढेको छ ।
ईतिहासविद युवल नोहा हरारीले स्वास्थ्य सुधारका निमित भन्दै यस्ता प्रविधिका एपहरुले भविष्यमा निरन्तरता पाउन सक्ने र संकलित सुचनाहरु शासकहरुले आफु अनुकुल प्रयोग गर्न सक्ने चिन्ता व्यक्त गरेका छन । स्वास्थ्यलाई देखाएर स्वतन्त्रता खुम्च्याउने प्रयत्न हुन सक्ने छ। तर मानव जातिलाई स्वास्थ्य सेवाको साथसाथै स्वतन्त्रताको पनि खाचो छ ।शासकहरुले यस्ता संकलित सूचनाहरु नागरिकमाथिको नियन्त्रणमा भन्दा पनि आम मानिसको सशक्तिकरणको निमित्त प्रयोगमा ल्याउन सके नागरिकहरुमा आफ्नो सरकार प्रति विश्वाश बढ्नेछ ।
प्रविधिलाई कसरी प्रयोग गर्न भन्ने कुरा मानव जातिकै हातमा छ । नविनतम प्रविधिको प्रयोग गरी ग्लोबल वार्मिङ्, असामनता, भोकमरी, महामारी जस्ता विश्वव्यापी समस्याहरुसँग एक जुट भई लड्न सके मानव सभ्यता अझे परिष्कृत हुदै जाने निश्चित छ ।