कीवर्डहरू -

यि हुन् उत्कृष्ट १०  ई लर्निङ प्लाटफर्म

यि हुन् उत्कृष्ट १०  ई लर्निङ प्लाटफर्म

विश्वमा डिजिटल शिक्षाको प्रयोग बढ्दो गतिमा छ । विश्वमा धेरै इ लर्निङ प्रदान गर्ने प्लाटफर्म छन् । जसले विश्वका चर्चित विश्व विद्यालयको प्रमाणपत्रहरु प्रदान गर्छन् । त्यस्तै विश्वका चर्चित कम्पनीको लर्निङ सर्टिफिकट पनि तपाईले पाउन सक्नुहुनेछ । विश्वमा धेरै नै प्रयोग हुने लर्निङ एपहरु युडेमी, कोर्सेरा, इडिएक्स, खान एकेडेमी, लिंकडिन लर्निङ आदि रहेका छन् । डिजिटल लर्निङमा प्रयोग भइरहेका उत्कृट १० प्लाटफर्मको बारेमा यहाँ जानकारी दिएका छौ । नेपाली अर्थात् लोकल कन्टेन्ट समाबेश  प्लाटफर्महरुको बारेमा बैशाख अंकमा बिस्तृत रिपोर्ट प्रकाशन छ :

१ बिट डिग्री
बिटडिग्री एउटा अनलाइन लर्निङ प्लाटफर्म हो । जसमा आइटी सम्बन्धि कोर्सहरु पाइन्छन् । विशेस गरेर यसमा वेब डेभल्पमेन्ट, फङ्सनल प्रोग्रामिङ, ल्याङ्वेज, गेम डेभल्पमेन्ट, विजनेश, ई(कमर्स, मार्के्टिङ, बल्कचेन, ग्राफिक डिजाइन, डेटा साइन्स, मेसिन लर्निङ, व्यक्तित्व विकास लगायतका कोर्सहरु यसमा पाउन सकिन्छ । सन् २०१७ बाट सुरु भएको यसमा ५ लाख भन्दा विद्यार्थिहरु रहेका छन् । बिटडिग्रीले भिलनिस विश्वविद्यालयसँग सहकार्य गरेको छ ।


२ डेटा क्याम्प
डेटा क्याम्पले विशेष गरेर डेटा साइन्सलाई फोकस गरेको छ । साथै यसले तथ्यांक र मेसिन लर्निङलाई पनि फोकस गरेको छ । यसमा दुईसय ७५ जना सिकाउने मान्छेहरु रहेका छन् । भने ९०८ वटा कोर्स तथा प्रोजेक्टहरु रहेकाट छन् । यसमा अभ्यास पनि गर्न मिल्छ ।

३ युडेमी
युडेमी विश्वको टप ईलर्निङ प्लाटफर्म हो । जसमा डेभल्पमेन्ट, विजनेश, डिजाइन, आइटी, मार्के्टिङ, लाइफस्टाइल, फोटोग्राफि, हेल्थ, फिटनेश, म्युजिक, टिचिङ लगायतका विविध कोर्सहरु यसमा पाइन्छ । यसमा ३० दिनको पैसा फिर्ताको समेत ग्यारेन्टी सुविधा रहेको छ । युडेमीमा ५७ हजार सिकाउने मान्छे छन् । त्यसैगरी एकसय ५० हजार विविध कोर्सहरु छन् । भने २९५ मिलियनले कोर्सको प्रयोग गरिरहेका छन् । युडेमीमा ६५ भन्दा बढी भाषामा कोर्सहरु उपलब्ध रहेको छ । युडेमीबाट कोर्सहरु पढ्नको लागि तपाईले केही पैसा तिर्नु पर्ने हुन्छ । तर कुनै कोर्सहरु निशुल्क पनि प्राप्त गर्न सकिन्छ ।


४ स्कील शेयर
स्कील शेयर पनि ई(लर्निङको एउटा माध्यम हो । यसमा डिजाइन, विजनेश, टेक, लाइफ स्टाइल लगायतका विभिन्न कोर्सहरु यसमा पाउन सकिन्छ । यसमा ३० दिनको रिफन्डको नीति पनि रहेको छ ।


५ खान एकेडेमी
यो एउटा यस्तो ईलर्निङ प्लाटफर्म  हो, जसमा निशुल्क कोर्सहरु पाइन्छन् । यसमा म्याथ, साइन्स, इन्जिनियरिङ, कम्प्युटिङ, आर्टस्, इकोनोमि तथा फाइनान्सका विविध कोर्सहरु पाउन सकिन्छ । खान एकेडेमीले विभिन्न संस्थाहरुसँग सहकार्य गरेर पनि काम गर्दै आएको छ । जस्तै नासा, दि म्युजियम अफ मोर्डन आर्ट, दि क्यालिफोर्निया एकेडेमी अफ साइन्स र एमआइटी आदी । खान एकेडेमी निशूल्क प्रयोग गर्न सकिन्छ ।

\"\"

६ कोर्सेरा
सन् २०१२ सालमा स्थापना भएको कोर्सेरा पनि विश्वमा धेरै प्रयोग गरिने ईलर्निङ माध्यम हो । स्ट्यान्डफोर्डका कम्प्युटर साइन्सका २ जना प्रोफेसरले यसको स्थापना गरेका हुन । जहाँ पनि जसलाई पनि विश्वको राम्रो शिक्षा उलब्ध गराउने उदेश्यका साथ यसको सुरुवात भएको हो । अहिले ४८ मिलियन जनताको सामु कोर्सेरा पुगेको छ । यसमा भाषा, स्वास्थ्य, सोसल साइन्स, आर्टस, ह्युम्यानिटिज, डेटा साइन्स, विजनेस, व्यक्तित्व विकास, कम्प्युटर साइन्स लगायतका कोर्सहरु पाइन्छन् । यसमा २०० भन्दा बढि विश्वविद्यालय तथा कम्पनीबाट डिग्री प्राप्त गर्न सकिने छ । यसमा ३९०० भन्दा बढी कोर्सहरु रहेका छन् ।

७ इडिएक्स
इडिएक्स पनि ईलर्निङ प्लाटफर्म हो । जसमा भाषा, कम्प्युटर साइन्स, विजनेश म्यानेजमेन्ट, इन्जिनियरिङ, डेटा साइन्स लगायतका कोर्सहरु पाइन्छन् । इडिएक्सको स्थापना एमआइटी र हार्भड विश्वविद्यालयले गरेका हुन् । यो २० मिलियन जनतासामु पुगेको छ । १४० भन्दा बढि स्कुल तथा विभिन्न संघसस्थाहरु यसमा आवद्ध रहेका छन् । यसमा कम्प्युटर साइन्स, ल्याङ्वेज, डेटा साइन्स, विजनेश तथा म्यानेजमेन्ट लगायतका विविध कोर्स यसमा पाइन्छन् । यसमा २५०० भन्दा बढी कोर्सहरु उपलब्ध रहेका छन् ।

८ युडासिटी
युडासिटी पनि विश्वको टप ईलर्निङ प्लाटफर्म हो । यसले आइटी कोर्सलाई विशेष प्राथामिकतामा राखेको छ । यसमा एन्ड्रोइड आइओएस मोबाइल एप डेभल्पमेन्ट, डेटा साइन्स, वेब डेभल्पमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, डिजिटल मार्के्टिङ लगायतका कोर्स यसमा छन् । सन् २०११ सालमा स्थापना भएको युडासिटीले विशेड गरी सूचना प्रविधि कोर्सहरु सिकाइरहेको छ । यसमा कन्टेन्ट बनाउनको लागि २०० बढी एक्सपर्टले सहकार्य गरेका छन् ।

९ लिंकडिन लर्निङ
लिंकडिन लर्निङ पनि अनलाइन लर्निङको एउटा प्लाटफर्म हो । यसमा एकहजार कोर्सहरु यसमा रहेका छन् । जसमा प्रोजेक्ट म्यानेजमेन्ट, वेब डेभल्पमेन्ट, डिजिटल मार्के्टिङ लगायतका विविध कोर्सहरु छन् । लिंकडिन लर्निङ हुनुभन्दा अगाडी यो ल्यान्डा थियो । जसलाई सन् १९९५ मा ल्यान्डा विइनम्यानले स्थापना गरेका हुन् । जसलाई सन् २०१५ मा लिंकडिनले प्राप्ति गरेको थियो । त्यसैगरी सन् २०१६ मा लिंकडिनलाई पनि माइक्रोसफ्टले प्राप्ति गरी सकेको छ ।

१० टिचेबल
टिचेबल पनि ई(लर्निङको एउटा प्लाटफर्म हो । यसमा पनि अन्य ईलर्निङ प्लाटफर्ममा पाइने विविध कोर्सहरु यसमा पाउन सकिन्छ । टिचेबलबाट २३ मिलियन भन्दा बढी विद्यार्थिले सिकिरहेका छन् । २ लाख ५७ हजार भन्दा बढी सक्रिय प्रयोगकर्ता छन् । त्यस्थे यसमा ८३ हजार भन्दा बढी सिकाउने मान्छेहरु छन् । जसमा टिचेबल बाट सिकाउने मान्छेले ५५५ मिलियन अमेरिकी डलर भन्दा बढी सिकाउने मान्छेले कमाइसकेका छन् ।