कीवर्डहरू -

आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने

आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने

आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने भएको छ । कोरोनाको महामारीको समयमा नेपाल विद्युत प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले आफैले मिटर रिडिङ गरी खपत अनुसार अनलाइनबाटै महसुल बुझाउन सक्नेछन् ।

अनलाइनबाटै बिल तिर्नको लगि सुरुमा www.consumer.nea.org.np वेबसाइटमा जानुपर्ने हुन्छ । त्यसपछि युजर लगइनमा रहेको रजिष्टर बटनमा क्लिक गरेपछि त्यहाँ ग्राहकको नाम, इमेल, फोन नम्बर र पासवर्ड राखेर सबमिट बटनमा क्लिक गर्नुहोस ।

अब युजर नेममा मोबाइल नम्बर र पासवर्ड राखेर लगइन गर्नुहोस । त्यसपछि एड कञ्जुमरमा क्लिक गरी सम्बन्धित वितरण केन्द्र छानी फोन नम्बर र ग्राहक आइडी राखेर सबमिट गर्नुहोस ।

त्यसपछि कुन महिनाको बिल तिर्ने उक्त महिना छानेर आफ्नो मिटर देखिएको अंक राख्नुपर्ने छ । त्यसपछि ग्राहकले ईसेवा,पे पोइन्ट, सिटी एक्सप्रेस तथा बैंकको प्रयोग गरी सजिलै अनलाइनबाट बिल तिर्न सक्नेछन ।