कीवर्डहरू -

भर्चुअल कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालन गरिने - प्रधानमन्त्री

भर्चुअल कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालन गरिने - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल(अनलाइन) कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालनको काम अघि बढाउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आवश्यक नीतिगत व्यवस्था सहित शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयले भर्चुअल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन पाठन सञ्चालनको काम अघि बढाउने प्रधानमन्त्री ओलीले बताएका हुन् ।

साथै एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयले आवश्यक प्रबन्ध समेत मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।