कीवर्डहरू -

खाद्य संकटको समस्या समाधान गर्न फुडाथन आयोजना हुदै

खाद्य संकटको समस्या समाधान गर्न फुडाथन आयोजना हुदै

आगामी १३ र १४ जुनमा बिट्स लाडरले ‘फुडाथन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।  खाद्य संकटको समस्या समाधान गर्ने र खाद्य स्थिरतालाई वृद्धि गर्ने उदेश्यले फुडाथन नामक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा १० देखि १५ ओटो टिमले आफ्नो आईडिया प्रस्तुत गर्नेछन् । खाद्य संकटको समस्या सामाधान गर्न चाहनेले यस कार्यक्रममा सहभागी जनाउन सक्नेछन् । फुडाथन नामक कार्यक्रममा सहभागी हुन आगामी जुन ६ सम्म रजिष्टेसन गर्न सकिने छ ।

त्यसपछि आगामी जुन ९ मा छनौट भएका १० टिमको घोषणा गरिने छ । फुडाथन कार्यक्रममा पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

जसमा विजेताले ५० हजार नगद पुरस्कारको साथै मेन्टरसिप समेत प्राप्त गर्ने छन् । फुडाथनमा सहभागी हुनको लागि रजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस ।