रियकमीले चीनमा ‘एक्स ५० प्रो प्ले’ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन रियलमी एक्स ५० प्रोको सस्तो भर्सन रहेको छ ।
६.४४ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यस फोनलाई कर्निङ गोरिल्ला ग्लासद्वारा सुरक्षित गरिएको छ । यसमा क्वालकमको स्न्यापड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ६ जीबी, ८ जीबी र १२ जीबी र्याममा उपलब्ध रहेको छ । भने १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।
यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको यस फोनमा ४२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ ।
यसमा ३५ मिनेटमै १०० प्रतिशत चार्ज र तीन मिनेट चार्ज गरेमा १ घण्टा फोन गर्न सकिनेछ । यस फोनमा फाइभजी सपोर्टको साथै सेपरेट गेमिङ मोडको समेत सुविधा रहेको छ ।
रियलमी एक्स ५० प्रोको प्ले इडिसनमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ । यसमा डुअल सेल्फी क्यामेरा रहेको छ । जसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।
यो फोन कालो र सिल्भर कलरमा उपलब्ध रहेको छ । रियलमी एक्स ५० प्रो प्लेको सुरुवाती मूल्य २,६९९ युआन रहेको छ । चीनमा जुन १ देखि स्मार्टफोन बिक्री हुनेछ ।