नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत २८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थीक सहयोग गरेको हो ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै, पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ ।