कीवर्डहरू -

प्रविधि पूर्वाधारमा टेन्सेन्टले ७० बिलियन डलर लगानी गर्ने 

प्रविधि पूर्वाधारमा टेन्सेन्टले ७० बिलियन डलर लगानी गर्ने 

चीनियाँ प्रविधि कम्पनी टेन्सेन्टले आगामी ५ वर्षमा प्रविधि पूर्वाधारमा करिब ७० बिलियन अमेरिकी डलर अर्थात ५०० बिलियन युआन लगानी गर्ने भएको छ ।

टेन्सेन्टले क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी सहित प्रविधि पूर्वाधारमा अर्को ५ वर्षमा ७० बिलियन डलर लगानी गर्ने भएको हो ।

कम्पनीले बल्कचेन, सर्भर, बिग डेटा सेन्टर, सुपर कम्प्युटर सेन्टर, इन्टरनेट अफ थिङ्स, फाइभजी नेटवर्क तथा क्वान्टम कम्प्युटिङका क्षेत्रमा समेत लगानी गर्नेछ ।

चीनको क्लाउड बजारमा टेन्सेन्टको १८ प्रतिशत मार्केट शेयर रहेको छ । गत महिना मात्रै अलिबाबाले तीन वर्षमा क्लाउड पूर्वाधारमा २०० बिलियन युआन लगानी गर्ने बताएको थियो ।
एजेन्सीको सहयोगमा