कीवर्डहरू -

रेडमी बुक १६ ल्याप्टप सार्वजनिक, ३८ मिनेटमै ५० प्रतिशत चार्ज गर्ने

रेडमी बुक १६ ल्याप्टप सार्वजनिक, ३८ मिनेटमै ५० प्रतिशत चार्ज गर्ने

चीनियाँ स्मार्टफोन कम्पनी शाओमीले ‘रेडमी बुक १६’ ल्याप्टप सार्वजनिक गरेको छ । यस ल्याप्टपमा १६.१ इन्चको डिस्प्ले रहेको छ ।

रेडमी बुक १६ मा एएमडीको प्रोसेसर र ग्राफिक्स प्रयोग गरिएको छ । रेडमीको यो ल्याप्टप ८ जीबी र १६ जीबी र्‍याममा उपलब्ध रहेको छ । भने ५१२ जीबी एसएसडी स्टोरेज उपलब्ध रहेको छ ।

यसमा विन्डोज टेन अपरेटिङ सिस्टम राखिएको छ । यसमा वाईफाई, ब्लुटुथ, युएसबी ३.१, टाइप सी युएसबी तथा एचडीएमआई कनेक्टिभिटी अप्सन उपलब्ध छ ।

यो ल्याप्टपले ३८ मिनेमा ५० प्रतिशत चार्ज गर्ने कम्पनीको दाबी रहेको छ । रेडमी बुक १६ को सुरुवाती मूल्य ३७९९ युआन रहेको छ । चीनमा जुन १ देखि यो ल्याप्टपको बिक्री सुरु हुनेछ ।