कीवर्डहरू -

नीति तथा कार्यक्रममा  प्रविधि तथा डिजिटलाइजेसनका कुरा 

आज बजेट आउदैछ, कुन कुन शिर्षकमा के कति बजेट आउनेछ भन्ने कुरा हामी जानकारी दिनेनै छौ, अहिले नीति तथा कार्यक्रममा परेका सूचना प्रबिधिका कुराहरु बारे जानकारी लिनुहोस्

नीति तथा कार्यक्रममा  प्रविधि तथा डिजिटलाइजेसनका कुरा 

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत जेष्ठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको संकेत गर्नुभयो । तुलनात्मक रुपमा यस वर्षको नीति तथा कार्यक्रममा सरकारले डिजिटलाइजेसन तथा सूचना प्रविधिको प्रयोग बढाउने सन्दर्भमा धेरै कुराहरु उल्लेख गरेको छ । जेठ १५ मा बजेट आउदैछ, कुन कुन शिर्षकमा के कति बजेट आउनेछ भन्ने कुरा हामी जानकारी दिनेनै छौ, अहिले नीति तथा कार्यक्रममा परेका सूचना प्रबिधिका कुराहरु बारे जानकारी लिनुहोस् :  

अनलाइन शिक्षाको संचालन तथा प्रवद्धन 
सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने भएको छ । अब अनलाइन मार्फत शिक्षण पद्धतीलाई जोड दिन आवश्यक तयारी गरिने बताइएको छ । निित तथा कार्यक्रममा सबै माध्यामिक विद्यालय र क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्चगतिको इन्टरनेट सुविधा समेत र्पुयाइने बताइएको छ । सबै क्याम्पस तथा विद्यालयमा आधुनिक प्रयोगशाला र उच्च गतिको इन्टरनेट पुर्याइने कुरामा सरकारले जोड दिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

स्थानिय तहको कामकाजमा अनलाइन प्रणाली 
आगामी ३ वर्षभित्रमा सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाइने भएको छ । यो व्यवस्था स्थानिय निकायको वेबसाइटहरुमा उपलब्ध गराइएको भएपनि अनिवार्य गरिएको भने छैन । अब सरकारले यसलाई अनिवार्य गराउनेतर्फ जाने संकेत गरेको छ । 


३ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्रको वितरण 
सरकारले आगामी ३ वर्ष्भित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नीति तथा कार्यक्रममा उल्लेख गरिए अनुसार राज्यबाट प्रवाह हुने सबै सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिने छ । यस मार्फत सम्पुर्ण नागरिकको विवरण डिजिटल प्रविधिमा समाहित हुनेछ र सरकारी कामकाजमा धेरै डकुमेन्ट बोकेर हिडिरहनुपर्न आवश्यत्ता हुदैन । राष्ट्रिय परिचयपत्रको आधारमा सरकारी तथा अन्य सेवा मुलक कामहरु लिन सकिनेछ । सरकारले पाचथरबाट गतवर्ष नै परिचयपत्र बाढ्न सुरु गरेपनि विभिन्न कारणले यो धेरैस्थानमा वितरण हुन सकेको थिएन ।   

सरकारी एपहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरिने
सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । एकीकृत एपमार्फत सरकारी काम कारबाहीको अनुगमन, गुनासो सुनुवाई तथा सम्बोधन हुने व्यवस्था समेत मिलाइने छ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 


इन्टरनेट सेवालाई सरल र सुलभ बनाइने 
इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सेवा प्रदायकहरुको साझेदारीमा पुर्वाधार निर्माण गरी सहप्रयोग गर्ने व्यवस्था मिलाइने भएको छ । इन्फास्ट्रक्चर कम्पनी स्थापना गरि सहप्रयोग बढाउने तर्फ सरकारले ध्यान दिएको छ । देशभरी फाइब विस्तार गर्दै इन्टरनेटको पहुच विस्तारमा ध्यान दिने सरकारले जनाएको छ । 


२ वर्षमा आफ्नै स्याटेलाइट 
आगामी २ वर्ष्भित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २ वर्ष्भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउने बताउनुभएको हो । दूरसञ्चार सेवा विस्तार गर्न उच्च हिमाली भेगमा ब्रोडब्याण्ड सहितको इन्टरनेट सेवा उपलब्ध गराउन एवं ब्याण्डविथको भुक्तानीका लागि रकम  विदेशिन नदिनको लागि आगामी २ वर्ष्भित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने बताइएको छ । 

२ वर्षमा सरकारी कारोबार क्यासलेस बनाइने
सरकारले आगामी २ वर्ष्भित्र सबै सरकारी कारोबारलाई नगदरहित(क्यासलेस) बनाउने भएको छ । संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७ र०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्ष्भित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाउने बताउनुभएको हो । व्यक्तिबीचको कारोबार र सबै किसिमका व्यवसायको भुक्तानी विद्युतिय माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइने सरकारले जनाएको छ ।  

कम्पनी दर्ता तथा नविकरण सहज बनाइने
सूचना प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने बताउनुभएको हो ।   

देशभरका मालपोत कार्यालयलाई डिजिटलाइज गर्ने 
आगामी आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयलाई डिजिटल बनाइने भएको छ । अहिले केहि स्थानमा डिजिटल प्रविधिबाट काम भइरहेको भएपनि आर्थिक वर्ष २०७७र०७८ भित्र देशभरका मालपोत कार्यालयका सेवालाई प्रविधिमैत्री बनाइने सरकारले जनाएको हो । नापी अर्थात जग्गा व्यवस्थापनमा समेत प्रविधिको प्रयोग गर्दै सरलिकरण गरिने बताइएको छ । 
 
स्पार्टअपलाई पुजी अनुदान दिइने 
नयाँ व्यसाय वा उद्यम सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भएको छ । उद्यम गर्न चाहने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने बताइएको छ ।   सरकारले नवप्रवर्तनकारी युवा, अन्य उद्यमी र विदेशबाट फर्किएका अनुभवि तथा उद्यमशील युवाहरुलाई उद्यम व्यवसाय सुरु गर्न ५० लाखसम्म सुरुवाती पुजी उपलब्ध गराउने छ । यसैगरी कृषीको लागि ऋण सुविधा सहज र थप पुजी उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नयाँ प्रविधिमा काम गर्ने नवप्रर्वतक तथा स्टार्टअपलाई लगानी गर्दै अन्य सहयोगक कार्यक्रमहरु पनि ल्याइने सरकारले जनाएको छ । यसैगरी सर्टिफिकेटको आधारमा व्यवसाय ऋण दिने कार्यक्रमलाई प्रभावकारीताको साथ अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 


३ अंकको नम्बरमा एम्बुलेन्स सेवा 
सरकारले नेपालको कुनै पनि स्थानबाट ३ अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था गर्ने भएको छ ।  ंघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७र०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था गर्ने बताउनु भएको हो ।

कृषीलाई आधुनिकरण गर्नमा लगानी गरिने
कृर्षीको आधुनिकिरण गर्न ठुलो मात्रामा लगानी गरिने सरकारले नीति तथा कार्यक्रममा योजना ल्याएको छ । कारोना पश्चात अब धेरै नेपालीहरु स्वदेश फर्कने र सरकारले पनि कृषीलाई उच्च प्राथमिकतामा राखेको जनाउदै आधुनिकरण, औजार र प्रविधिको प्रयोगमा जोड दिने बताएको छ ।  

एआाईमा उच्च शिक्षा 
सरकारले नयाँ प्रविधिको अनुसन्धान र अध्ययनलाई अघि बढाउने बताएको छ । नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रपतिले आटिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र अन्य नयाँ प्रविधिमा उच्च शिक्षा लिनसक्ने गरि व्यवस्था गर्ने र विश्वविद्यालयमा यस्ता कोर्सहरु समावेश गराउने बताउनुभयो ।  विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने, विज्ञान प्रविधि सम्वन्धी मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकताको साथ अघि बढाइने बताइएको छ ।

हरेक स्थानिय निकायमा प्राविधिक शिक्षा 
सरकारले प्राविधिक शिक्षालाई प्रवद्धन गर्ने बताएको छ । सबै स्थानिय निकायमा प्राविधिक शिक्षा कार्यक्रम अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्राविधिक शिक्षासँगै तालिमको पर्याप्त व्यवस्था गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

रोजगारमा आधारित सुचना प्रणाली 
सरकारले रोजगारमा आधारित सुचना प्रणालीको विकास गरिएको जनाएको छ । सरकारले धेरैलाई रोजगारको कार्यक्रमहरुमा समाहित गराउन सूचना प्रविधिलाई प्रयोग गरिने बताएको हो । श्रम सुचना बैंक स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कृर्षी तथा मौसम व्यवस्थापनमा प्रविधिको प्रयोग 
कृषीमा लाइभ स्टक एक्सचेन्जको व्यवस्था गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । इ सेन्टरको व्यवथा गरि कृषकलाइ सहभागी गराई सिप हस्तान्तरण गर्दै उत्पादन बढाउन र व्यवस्थापन गर्न काम गरिने बताएको छ । कृषकको लागि नविनतम प्रविधि उपलब्ध गराउने व्यवस्था गरिने बताइएको छ । कृषी उत्पादनको मुल्य सूची व्यवस्थापन र बजारिकरणको लागि सूचना प्रविधिको प्रयोग गरिनेछ । यसैगरी  देशका प्रमुख शहरहरुमा बायुमापन, जलमापन प्रणालीको विकास गरी सञ्चालनमा ल्याइने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । फोहोर मैला व्यववस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ भने आगामी आथिक वर्षमा थप २ स्थानमा मौसमी राडरको प्रयोग गरिने बताइएको छ । 

डिजिटल नेपाल निमार्णमा प्रतिवद्धता     
डिजिटल नेपाल निमार्ण गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । वि.स. २०७६ मा कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कलाई अब योजनावद्धरुपमा कार्यान्वयनमा ल्याइने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आर्थिक सामाजिक रुपमान्तरणमा डिजिटल प्रविधिको प्रयोगमा जोड दिने बताइएको छ । सरकारी सेवा तथा सुविधमा प्रविधिको अधिकतम प्रयोगमा जोड दिने सरकारी तयारी रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । डिजिटल नेपाल फ्रेमवर्कमा ८ डोमेन र ८० वटा इनिसिएटिभ्सहरु समावेश गरिएको छ ।