कीवर्डहरू -

ओपो र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिच रणनैतिक साझेदारी

ओपो र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिच रणनैतिक साझेदारी

ओपोले इन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (आईईईई) सँग शैक्षिक आदानप्रदान, फाइभजी, एआई तथा बिगडेटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ ।

यस नयाँ पहिचान र सहकार्यका साथमा ओपोले नवप्रबर्तनको क्षेत्रमा अझ गति लिँदै विश्वभरका उपभोक्तालाई फाइदा पुर्‍याउने लक्ष्य लिएको छ ।

१ सय ६० भन्दा धेरै देशमा ४ लाख  सदस्य भन्दा बढी सदस्य सहितको आईईईई विश्वकै ठूलो प्राविधिक ब्यवसायिक संस्था हो ।

अदृतिय प्रकाशन, सम्मेलन, प्राविधिक मानक, ब्यवसायिक तथा शैक्षिक कार्यका साथै आईईईई, एयरोस्पेस प्रणाली, कम्प्युटर्स, सञ्चार, बायो इन्जिनियरिङ, ईलेक्ट्रिक्स, कञ्ज्यूमर ईलेक्ट्रोनिक्स् लगायत क्षेत्रमा आधिकारिक दख्खल राख्छ ।


फाइभजी यूगमा निहित असिमित अवसरलाई दृष्टिगत गर्दै ओपोले इन्टेलिजेन्ट कनेक्शनको अवधारणा प्रस्ताव गरेको छ ।

‘हामी हाम्रो लगानी स्मार्टफोनमा मात्र सिमित नराखि सञ्चार सम्बद्ध बैज्ञानिक सोध, हार्डवेयर र कम्प्युटर बिज्ञानमा पनि अघि बढ्ने छौँ । ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने, ‘आईईईईसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । यस सहकार्य मार्फत आफ्ना उत्पादनमा थप अदृतिय प्रविधि तथा सेवा समाहित गर्दै विश्वभरका उपभोक्तालाई अझ चाँडै सुदृढ प्राविधिक अनुभव प्रदान गर्ने  लक्ष्य लिएका छौँ’’ ।

आईईईई कम्प्युटर सोसाइटीका कार्यकारी निर्देशक मेलिस्सा रसलले भने आईईई कम्प्युटर सोसाइटीद्वारा भरखरै खुला गरेको कर्पोरेट पार्टनरशिप प्रोग्राम अन्तर्गत ओपोलाई आफ्नो पहिलो कर्पोरेट पार्टनरका रुपमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ’’।

ओपोले आईईईईसँग मानक निर्धारणका साथै शैक्षिक आदानप्रदान कार्यमा समेत सहकार्य गर्नेछ । आईईईई अन्तर्गतको मानक कमिटी डोमिनेन्ट आईईई ८०२.११ सिरिज स्ट्यान्डर्ड फर वायरलेस नेटवर्क जस्ता विश्व भरका विभिन्न महत्वपूर्ण प्राविधिक मानकको अथर समेत हो ।