कीवर्डहरू -

नेपालमै तयार भयो ज्वरो मापन गर्न सकिने उपकरण 

नेपालमै तयार भयो ज्वरो मापन गर्न सकिने उपकरण 

नेपालमै ज्वरो मापन गर्न सकिने उपकरण तयार भएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले सफ्टवेयर सहित थर्मोग्राफिक क्यामेराको विकास गरेको हो ।

विभिन्न देशहरुबाट कच्चा पदार्थ संकलन गरी थर्मोग्राफिक क्यामेरा तथा कम्प्युटर सफ्टवेयर तयार भएको हो ।  यसको माध्यमबाट एक वा एक भन्दा बढि व्यक्तिहरुको तापक्रम एकैपटक मापन गर्न सकिन्छ ।

\"\"

यदि तोकिएको भन्दा बढी तापक्रम क्यामेराले पायो भने ५ मिटर परैबाट उक्त व्यक्तिलाई चिनेर अलार्म बजाइदिन्छ । एआई प्रविधिमा आधारित यस उपकरणले भिडियो समेत रेकर्ड गर्नेछ ।

यसलाई अफिस, विद्यालय, कलेज, बैंक तथा सरकारी कार्यालय लगायत भिडभाड हुने ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।

यो उपकरणले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा उच्च ज्वरो भएका व्यक्तिहरुलाई पहिचान गर्न सहज हुनेछ ।

यो भिडियो पनि हेर्नुहोस