सरकारले सातै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ ।
बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले युवा उद्यमशीलता विकासका लागि सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने बताएका छन् ।