कीवर्डहरू -

दुईवर्ष भित्र देशभर स्तरिय र भरपर्दो ब्रोडब्याण्ड इन्टरनेट सेवा

दुईवर्ष भित्र देशभर स्तरिय र भरपर्दो ब्रोडब्याण्ड इन्टरनेट सेवा

सरकारले आगामी दुईवर्ष भित्र देशभर फाइबर टु होम प्रविधिबाट स्तरिय र भरपर्दो ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याउने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले आगामी वर्षमा फोरजी सेवा देशभर विस्तार गरिने बताएका छन् ।