कीवर्डहरू -

सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गरिने

सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गरिने

आगामी तीन वर्षभित्र सबै स्थानीय तहबाट अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था मिलाइने भएको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बर सहितको राष्ट्रिय परिचय पत्र वितरण गर्न आगामी आर्थिक वर्ष थप १ करोड नागरिकको विवरण विद्युतिय प्रणालिमा अद्यावधिक गरिने बताएका छन् ।