कीवर्डहरू -

साना करदाताले आय विवरण र कर विद्युतीय माध्यमबाट बुझाउन सक्ने

साना करदाताले आय विवरण र कर विद्युतीय माध्यमबाट बुझाउन सक्ने

२० लाख रुपैयाँ सम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्स लगायत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने भएका छन् ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन् ।

बैंक मार्फत कर भुक्तानी गर्दा आय विवरण समेत बुझाउन सक्ने व्यवस्था मिलाइने खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले बक्यौता नरहेका करदाता स्वयंले पेश गरेको आय विवरण अनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट लिन पाउने व्यवस्था मिलाएको बताएका छन् ।

उपभोक्ताले बस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय उपकरणमार्फत गर्दा प्राप्त हुने रकममा प्रोत्साहन स्वरुप प्राप्त हुने रकममा अग्रीम कर कट्टी गर्नु नपर्ने व्यवस्था मिलाएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।