कीवर्डहरू -

मास्क लगाएरै ई-हाजिरी गर्न सकिने प्रविधि नेपालमा

मास्क लगाएरै ई-हाजिरी गर्न सकिने प्रविधि नेपालमा

बारकोड नेपालले अनुहार पहिचान (फेसियल रिकग्निसन) सहित तापक्रम पत्ता लगाउने प्रविधि नेपाली बजारमा ल्याएको  छ ।

कोरोना भाइरस महामारीको समयमा उपयोगी हुने भन्दै जेटकेटी इको कम्पनीको उत्पादन स्पीड फेस भी फाइभ एल (टिडी) लाई बारकोडले नेपालमा ल्याएको हो ।

यसबाट अनुहार र हत्केला देखाएर ‌ई-हाजिरि समेत गर्न सकिन्छ । यसका साथै मास्क लगायरै पनि ई-हाजिरि गर्न सकिन्छ ।

यस प्रविधिबाट शरिरको तापक्रम थाहा पाउन पनि सकिन्छ । यसमा ६ हजार जनाको फेस स्टोरेज, ३ हजार हत्केला स्टोरेज र ६ हजार फिंगरप्रिन्ट स्टोरेज क्षमतासँगै  अन्य विविध सुविधा रहेको छ ।

ई-हाजिरीको लागि हाम्रो हाजिरी नामक सफ्टवेयर बारकोडले एकवर्षको लागि निशूल्क उपलब्ध गराउने छ ।