कीवर्डहरू -

आगामी आर्थिक वर्षका लागि बढ्यो आइसिटी क्षेत्रको बजेट

आगामी आर्थिक वर्षका लागि बढ्यो आइसिटी क्षेत्रको बजेट

सरकारले आगामी आर्थिक वर्षको लागि सञ्चार तथा सूचना प्रविधि (आइसिटी) क्षेत्रमा ७ अर्ब १३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार संघीय संसदको सयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको लागि आइसिटी क्षेत्रमा ७ अर्ब १३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको बताएका हुन ।

आगामी आर्थिक वर्षका लागि आइसिटी क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा ७८ करोड रुपैयाँ भन्दा बढी हो ।

आगामी आर्थिक वर्षका लागि आइसिटी क्षेत्रमा चालुतर्फ ५ अर्ब २९ करोड १ लाख रुपैयाँ र पूजीगत तर्फ १ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।