शनिवार आयोजना हुने दशौं श्रृंंखलाको डिजिटल संवाद कार्यक्रममा साइबर डिफेन्सको लागि नेपालको तयारीको बारेमा छलफल हुने छ । शनिवार दिउसो १ बजे जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) ममा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
पछिल्लो समय नेपालका सरकारी वेबसाइट तथा सिस्टमहरु ह्याक भइरहेको तथा विभिन्न किसिमका साइबर क्राइमहरु बढिरहेको सन्दर्भलाई लिएर कार्यक्रम आयोजना गरिएको संयोजक गणेश शाहले बताउनुभयो ।
पछिल्लो समय नेपालका सरकारी वेबसाइट तथा सिस्टमहरु ह्याक भइरहेको तथा विभिन्न किसिमका साइबर क्राइमहरु बढिरहेको सन्दर्भलाई लिएर कार्यक्रम आयोजना गरिएको संयोजक गणेश शाहले बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, राष्ट्रिय सूचना प्रविधि केन्द«का कार्यकारी निर्देशक सुनिल पौडेल र साइबर ब्युरो, नेपाल प्रहरीका एसएसपी नबिन्द अर्याल रिसोर्स पर्सनको रुपमा रहनुहुनेछ । यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयका आइटी निर्देशक आदेश खड्का र नेपाल दुरसञ्चार प्राधिकरणका उप निर्देशक हिरण्य प्रसाद बास्ताकोटी पनि कार्यक्रममा रिसर्स पर्सनको रुपमा रहनुभएको छ ।
साइबर डिफेन्सको लागि कसरी कम गर्न सकिन्छ र साइबर सेक्युरिटीमा अहिले नेपालको अवस्था के छ भन्ने विषयमा इमिनेन्स वेजका प्रवन्ध निर्देशक नारायण कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा साइबर सेक्युरिटी क्षेत्रमा काम गरिरहनुभएका व्यत्तिहरुको सहभागिता रहने छ ।
कार्यक्रममा सहभागिता जनाउन आयोजकलाई यो इमेल (
[email protected])
मा लगइन तथा पासवर्ड अनुरोध गर्न सकिन्छ वा यो लिंकमा क्लिक गरेर रजिस्ट्रेसन फारम भर्न सकिन्छ । रजिस्ट्रेसनको लागि
http://tiny.cc/s6efpz
यो लिंक क्लिक गर्नुहोस ।
यस अघिको कार्यक्रमको बारेमा जानकारी लिन यो भिडियो हेर्नुहोस :