कीवर्डहरू -

डिजिटल संवादमा \'साइबर डिफेन्सको लागि नेपालको तयारी\'को बिषयमा छलफल हुदै

रजिस्ट्रेसकको लागि http://tiny.cc/s6efpz यो लिंक क्लिक गर्नुहोस

डिजिटल संवादमा \'साइबर डिफेन्सको लागि नेपालको तयारी\'को बिषयमा छलफल हुदै

शनिवार आयोजना हुने दशौं श्रृंंखलाको डिजिटल संवाद कार्यक्रममा साइबर डिफेन्सको लागि नेपालको तयारीको बारेमा छलफल हुने छ । शनिवार दिउसो १ बजे जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) ममा कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।


पछिल्लो समय नेपालका सरकारी वेबसाइट तथा सिस्टमहरु ह्याक भइरहेको तथा विभिन्न किसिमका साइबर क्राइमहरु बढिरहेको सन्दर्भलाई लिएर कार्यक्रम आयोजना गरिएको संयोजक गणेश शाहले बताउनुभयो ।


पछिल्लो समय नेपालका सरकारी वेबसाइट तथा सिस्टमहरु ह्याक भइरहेको तथा विभिन्न किसिमका साइबर क्राइमहरु बढिरहेको सन्दर्भलाई लिएर कार्यक्रम आयोजना गरिएको संयोजक गणेश शाहले बताउनुभयो ।


कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, राष्ट्रिय सूचना प्रविधि केन्द«का कार्यकारी निर्देशक सुनिल पौडेल र साइबर ब्युरो, नेपाल प्रहरीका एसएसपी नबिन्द अर्याल रिसोर्स पर्सनको रुपमा रहनुहुनेछ । यसैगरी नेपाल सरकार अर्थ मन्त्रालयका आइटी निर्देशक आदेश खड्का र नेपाल दुरसञ्चार प्राधिकरणका उप निर्देशक हिरण्य प्रसाद बास्ताकोटी पनि कार्यक्रममा रिसर्स पर्सनको रुपमा रहनुभएको छ ।


साइबर डिफेन्सको लागि कसरी कम गर्न सकिन्छ र साइबर सेक्युरिटीमा अहिले नेपालको अवस्था के छ भन्ने विषयमा इमिनेन्स वेजका प्रवन्ध निर्देशक नारायण कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा साइबर सेक्युरिटी क्षेत्रमा काम गरिरहनुभएका व्यत्तिहरुको सहभागिता रहने छ ।


कार्यक्रममा सहभागिता जनाउन आयोजकलाई यो इमेल ([email protected]) मा लगइन तथा पासवर्ड अनुरोध गर्न सकिन्छ वा यो लिंकमा क्लिक गरेर रजिस्ट्रेसन फारम भर्न सकिन्छ । रजिस्ट्रेसकको लागि http://tiny.cc/s6efpz यो लिंक क्लिक गर्नुहोस ।

यस अघिको कार्यक्रमको बारेमा जानकारी लिन यो भिडियो हेर्नुहोस :

<iframe width="697" height="392" src="https://www.youtube.com/embed/YL_nFMUGDHs" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>