कीवर्डहरू -

जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका

जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका

गूगलले जीमेलमा १५ जीबी मात्र स्टोरेज निशूल्क उपलब्ध गराएको हुन्छ । यस्तो अवस्थामा जीमेलमा स्टोरेजको क्षमता कमि भएमा जीमेलमा भएका फोटोहरुलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिन्छ ।

फोटो ट्रान्सफर गर्नको लागि सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा जीमेल लगइन गर्नुहोस । त्यसपछि जीमेलमा फोटो संलग्न भएको मेल खोल्नुहोस ।

मेल खोली सकेपछि स्क्रोल डाउन गरी डाउनलोडसँगै भएको ड्राइभ आइकनमा क्लिक गर्नुहोस । ड्राइभ आइकनमा क्लिक गरेपछि अब फेरी कम्प्युटरमा गूगल फोटोज खोल्नुहोस र लगइन गर्नुहोस ।

गूगल फोटोज लगइन गरेपछि त्यहाँ देखिएको अपलोड अप्सनमा क्लिक गर्नुहोस । अपलोड अप्सनमा क्लिक गरेपछि त्यहाँ दुईवटा कम्प्युटर र गूगल ड्राइभ विकल्प देखिने छन् ।

त्यसपछि गूगल ड्राइभमा क्लिक गरी आफुले चाहेको फोटो गूगल फोटोजमा अपलोड गर्न सकिने छ । त्यसपछि गूगल ड्राइभबाट फोटो डिलिट गर्न पनि सकिने छ ।