कीवर्डहरू -

एमआई १० स्मार्टफोन नेपालमा सार्वजनिक, १०८ मेगापिक्सेल क्यामेरासँगै फाइभजी कनेक्टिभिटी

एमआई १० स्मार्टफोन नेपालमा सार्वजनिक, १०८ मेगापिक्सेल क्यामेरासँगै फाइभजी कनेक्टिभिटी

साओमीले नेपालमा एमआई १० स्मार्टफोन सार्वजनिक गरेको छ । अनलाइन कार्यक्रम मार्फत साओमीले एमआई १० फोन सार्वजनिक गरेको हो ।

साओमीको एमआई १० मा ६.६७ इन्च एमोलेड डिस्प्ले रहेको छ । यसमा सुरक्षाको लागि गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ ।

यस फोनमा १०८ मेगापिक्सेल प्राइमरी लेन्स सहित चारवटा रियर क्यामेराहरु छन् । भने २० मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

क्वालकमको स्न्याड्रयाग्न ८६५ प्रोसेसर प्रयोग गरिएको यसमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज क्षमता रहेको छ । यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ ।

यसमा ४७८० एमएएच ब्याट्रीसँगै फास्ट चार्जिङको सुविधा रहेको छ । फाइभजी कनेक्टिभिटी रहेको यसमा इन डिस्प्ले फिङ्गरप्रिन्टको सुविधा छ ।

नेपालमा साओमी एमआई १० को मूल्य ८९,९९९ रहेको छ ।