आर्टि्फिसियल इन्टेलिजेन्स -एआई_ सम्बन्धि केहि तथ्यहरु बारे जानकारी राखौ
१ एआईको ग्लोबल इकोनोमीमा १५.७ ट्रिलियन योगदान रहेको छ ।
२ मेडिकल साइन्स, मार्के्टिङ लगायत हरेक क्षेत्रमा एआईको प्रयोग भइरहेको छ ।
३ सन् २०२७ सम्ममा ड्राइभिङ लेस कार बजारमा आउनेछन् । जसलाई मध्यनजर गर्दे एनभिडियाले ड्राइभ पीएक्स पेगासुस नामको कम्प्युटर बनाएको छ ।
४ आउँने समयमा एआई मानवको लागि खतरा हुनसक्ने स्टेफेन हकिङले भनेका थिए ।
५ गूगल, एप्पल, फेसबुक, माइक्रोसफ्ट, अमेजन लगायतका साना(ठुला विभिन्न कम्पनीले एआईको प्रयोग गरिरहेका छन् ।
६ हामीहरु प्रत्येकले एआईको प्रयोग दिनदिनै गरिरहेका हुन्छौं ।
७ विभिन्न अध्ययनका अनुसार एआईको रोजगारीमा महिला भन्दा पुरुष बढी छन् । कम्तिमा पनि ७१ प्रतिशत पुरुष छन् ।
८ एआईको डिफ्लट भ्वाइसमा धेरै महिलाको आवाज प्रयोग गरिएको हुन्छ । किनभने विभिन्न अध्ययनका अनुसार महिला पुरुष दुवैलाई महिलाको आवाज मन पर्छ ।
९ स्ट्यान्डफोर्स विश्वविद्यालयका रिसर्चर्सहरुले एउटा यस्तो मेसिन लर्निङ अल्गोरिदमको विकास गरेका छन् । जसले ९० प्रतिशत वास्तविकताका साथ मृत्युको भविष्यवाणी गर्न सक्छ ।