कीवर्डहरू -

साओमीको एमआई नोट १० लाइट नेपालमा, यस्ता छन् सुविधा

साओमीको एमआई नोट १० लाइट नेपालमा, यस्ता छन् सुविधा

साओमीले नेपालमा एमआई नोट १० लाइट स्मार्टफोन सार्वजनिक गरेको छ । अनलाइन कार्यक्रम मार्फत साओमीले एमआई नोट १० लाइट फोन सार्वजनिक गरेको हो ।

साओमी एमआई नोट १० लाइटमा ६.४७ एमोलेड डिस्प्ले रहेको छ । यसमा सुरक्षाको लागि गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ ।

यस फोनमा सोनीको ६४ मेगापिक्सेल क्यामेरा सहित चारवटा रियर क्यामेरा छन् । भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यो फोनमा क्वालकमको स्न्याड्रयाग्न ७३० जी प्रोसेसर प्रयोग गरिएको छ । यसमा ६ जीबी र ८ जीबी र्‍याम रहेको छ । भने ६४ जीबी र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । स्टोरेज बढाउनको लागि यसमा कुनै पनि स्ल्ट दिइएको छैन् ।

यसमा ५२६० एमएएच ब्याट्रीसँगै फास्ट चार्जिङको सुविधा रहेको छ । यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट, वाईफाई डाइरेक्ट, युएसबी टाइप सी लगायत सुविधा उपलब्ध छन् ।

नेपालमा साओमी एमआई नोट १० लाइटको मूल्य ४४,९९९ रहेको छ ।