कीवर्डहरू -

वैकल्पिक प्रणालीबाट विद्यार्थीको पठन पाठन सुरु गर्न शिक्षा मन्त्रालयद्वारा निर्दैशिका जारी 

वैकल्पिक प्रणालीबाट विद्यार्थीको पठन पाठन सुरु गर्न शिक्षा मन्त्रालयद्वारा निर्दैशिका जारी 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

\"\"

विज्ञप्तिमा भनिएको छ, ‘लामो समयसम्म पढाई अवरुद्ध भएको कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको सन्दर्भमा विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरिएको छ ।

‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरु तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।