कीवर्डहरू -

प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका

प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । निर्देशिकाको प्रस्तावनामा प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका यस प्रकार राखिएको छ ।

निर्देशिकाको पूर्ण पाठ पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।

प्रदेश सरकारको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा प्रदेश सरकारको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   संघ वा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इलर्नीङ पोर्टलमा भएका सामग्रीहरू प्रदेश स्तरमा टेलिभिजन तथा रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने,

(ख)   स्थानीय तहबाट भएका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने,

(ग)   शिक्षा विकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने, गराउने,

(घ)   प्रदेशको शिक्षा तालिम केन्द्रको परिचालन गरेर शिक्षकको क्षमता विकाससम्बन्धी कामहरू गर्ने,इकाइमा  आवश्यक मनोपरामर्श, शिक्षक अभिभावकका लागि घरायसी विद्यालय (होम स्कूलिङ्ग) सञ्चालनका लागि तयारी गर्ने, गराउने,

(ङ)   राष्ट्रिय पाठ्यक्रम प्रारुपको परिधिभित्र रही प्रदेश स्तरमा टेलिभिजनका कार्यक्रमहरू उत्पादन र प्रदेश अन्तर्गतका टेलिभिजन तथा केवल टेलिभिजनहरूबाट प्रसारण गर्ने, गराउने,

(च)   प्रदेशबाट उत्पादन तथा प्रसारण भएका सामग्रीहरू प्रदेश सामाजिक विकास मन्त्रालय र सम्बन्धित शिक्षा विकास निर्देशनालयको वेवसाइटमा राख्ने र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लर्निङ प्रोटलसँग लिङ्क गर्ने,

(छ)   अनलाइनका लागि तयार गरिएका सामग्रीहरूलाई सिडि वा पेनड्राइभ, हार्डडिस्क, सिष्टमजस्ता अफलाइन मोडमा रुपान्तरण गर्ने र स्थानीय तह मार्फत वा सोझै विद्यालयले प्रयोग गर्न अनुकूल बनाउने,

(ज)   अफलाइन मोडमा तयार गरिएका सामग्रीहरूलाई पुस्तक वा पुस्तिकाका रूपमा छपाइ गरी उपलब्ध गराउने,

(झ)   प्रदेश भित्र भएका शिक्षण सिकाइका कार्यक्रमहरूको अनुगमन तथा सुपरीवेक्षण गरी आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने ।

स्थानीय तहको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा स्थानीय तहको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   दफा ३ र ४ बमोजिम स्थानीय तहमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरण सम्बन्धी कार्य गर्ने, गराउने,

(ख)   दफा ७ बमोजिमका सिकाइ केन्द्रहरू स्थापना गर्ने, गराउने,

(ग)   समुदायमा शिक्षकलाई सिकाइ सहजकर्ता तथा मूल्याङ्कनकर्ताको रूपमा परिचालन गर्ने र सोको अनुगमन गर्ने, गराउने,

(घ)   स्थानीय एफएमबाट स्थानीय शिक्षक तथा विद्यार्थीको सहभागितामा कार्यक्रम उत्पादन र प्रसारण गर्ने प्रबन्ध गर्ने,

(ङ)   डिजिटल वा दूर शिक्षण सामग्री प्रयोग र कोभिड-१९ सम्बन्धी सचेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने,

(च)   संक्रमणको अवस्था समेतलाई विचार गरी भौतिक दूरीलाई पनि कायम राख्दै गरी सिक्ने, सिकाउने अवसर मिल्ने गरी र स्थानीय रूपमा बसोबास गरिरहेका शिक्षक तथा स्वयम्‍सेवकहरूलाई सहजकर्ताको रूपमा परिचालन गर्ने, गराउने,

(छ)   अफलाइन मोडमा तयार गरिएका संघ र प्रदेशबाट उपलब्ध भएका वा अनलाइनमा उपलब्ध सामग्रीहरूलाई पुस्तक वा अभ्यास पुस्तिकाका रूपमा छपाइ गरी स्थानीय तहमा रहेका विद्यार्थीलाई उपलब्ध गराउने,

(ज)   आवश्यकताअनुसार पुराना पाठ्‍यपुस्तकको प्रयोग गर्ने व्यवस्था मिलाउने,

(झ)   विद्यार्थीलाई घरघरमा पाठ्‍यपुस्तक उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने,

(ञ)   सिकाइका लागि संकटग्रस्त समूहका लागि वडाहरूले विशेष ध्यान दिनुपर्ने व्यवस्था सुनिश्चित गर्ने,

(ट)   टेलिभिजन प्रसारणको व्यवस्था भएका स्थानीय तहले राष्ट्रिय पाठ्‍यक्रम प्रारुपको परिधिभित्र रही स्थानीय स्तरमा टेलिभिजनका कार्यक्रमहरू उत्पादन गरी टेलिभिजन र केवल टलिभिजनहरूबाट प्रसारण गर्ने, गराउने,

(ठ)   अनलाइन र अफलाइन मोडमा सिकाइ सहजीकरण गर्नका लागि शिक्षकहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,

(ड)   भौतिक पूर्वाधार र विद्यार्थी संख्यालाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै विद्यालयमा पठन पाठनको वातावरण मिलाउन सहजीकरण गर्ने,

(ड)   विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्यमा संघस‌ंस्थाको सहकार्यमा विभिन्न माध्यमको उपयोग गरी कार्यक्रम सञ्चालन